Wednesday, May 6, 2026
Home Blog Page 35

पश्चिमी प्रणालीको प्रभाव: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ।

हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानहरू, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।

आज राति हिमाली भूभागमा सामान्य बदली, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

“व्यवसायी शंकर अग्रवाल रिहा: बयानपछि अनुसन्धान जारी”

0

काठमाडौँ । व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई बयानपछि रिहा गरेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विभागले उनलाई शुक्रबार राति नियन्त्रणमा लिएको थियो। अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार आवश्यक बयान लिएपछि अग्रवाललाई रिहा गरिएको हो भने अनुसन्धान प्रक्रिया भने जारी रहनेछ।

“डोलप्रसाद अर्याल निर्विरोध सभामुख: वैकल्पिक राजनीतिबाट संसद्को नेतृत्वसम्म”

0

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित भएका थिए। निरन्तर सङ्घर्षमार्फत वैकल्पिक राजनीतिक यात्रामा अघि बढेका अर्यालले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालनको अनुभव हासिल गरेका छन्। स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनी विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सो पार्टीका संस्थापक उपाध्यक्ष हुन्।

संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीका रूपमा रहँदा उनले श्रमिक अधिकार संरक्षण, वैदेशिक रोजगारी प्रणालीमा सुधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

अन्य दलबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेका छन्।

संसद्को नेतृत्व सम्हालेका अर्यालका लागि कानुन निर्माण, सरकारका गतिविधिमाथि निगरानी, राजनीतिक ध्रुवीकरण घटाउने र दलहरूबीच सहमति कायम गर्दै संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण रहने देखिन्छ। विधेयक तथा प्रस्तावको समयमै व्यवस्थापन, सांसदहरूको सक्रियता सुनिश्चित गर्नु र नियमावलीको पालन गराउनु पनि उनको प्रमुख दायित्व हुनेछ। निष्पक्षता कायम राख्दै जनअपेक्षालाई सम्बोधन गर्नु उनको मुख्य परीक्षा रहनेछ।

“अब शनिबार–आइतबार बिदा: पेट्रोलियम संकटका कारण सरकारको नयाँ निर्णय”

0

काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको हो। शैक्षिक संस्था बाहेक अन्य सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिनेछ।

मन्त्रिपरिषद्का अन्य प्रमुख निर्णयहरू:
१. डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
२. दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
३. नेपाल सरकारअन्तर्गतका मन्त्रालय, सचिवालय, आयोग तथा निकायहरूको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्वस्वीकृति दिने।
४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने।
५. डिजेल तथा पेट्रोल सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने।
६. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने।

“सभामुख अर्यालद्वारा पदबहाली: शपथपछि कार्यभार सम्हाले”

0

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन्।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन्। उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

“डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस”

0

काठमाडौँ । सरकारले महान्यायाधिवक्ताको पदका लागि डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपति कार्यालयमा पठाएको हो।

राष्ट्रपति कार्यालयले सिफारिस प्राप्त भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ।

“ट्रम्पद्वारा अमेरिकी सैनिक उद्धारको चमत्कार: इरानको पहाडी क्षेत्रमा सफल अपरेशन”

0

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रमा हराइरहेका आफ्ना सैनिक टोलीका सदस्यलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको जानकारी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत “हामीले उनलाई फेला पारेका छौँ” भन्दै अमेरिकी सैन्य इतिहासकै एक साहसी र चुनौतीपूर्ण खोज तथा उद्धार अभियान सफल भएको दाबी गरेका छन्।

इरानको कडा निगरानी र घेराबन्दीबीच अमेरिकी सेनाले आफ्ना कर्णेल दर्जाका अधिकारीलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको छ। केही समयअघि दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानमा सवार ती अधिकारी इरानी नियन्त्रणमा पर्न सक्ने जोखिममा थिए।

इरानी फौजले उनलाई फेला पार्न आफ्ना नागरिकलाई ठूलो नगद पुरस्कारको घोषणा गरिसकेको पृष्ठभूमिमा अमेरिकी सेनाले २४ सै घण्टा लोकेसन ट्र्याक गर्दै अपरेशन सञ्चालन गरेको थियो। विमानमा सवार पाइलटलाई पहिले नै उद्धार गरिसकेको भए पनि हतियार प्रणाली अधिकारीका रूपमा कार्यरत ती सैनिक इरानको दुर्गम पहाडी भेगमा लुकेर बस्न बाध्य थिए।

ट्रम्पले उद्धार गरिएका चालक दल सदस्यको स्वास्थ्य अवस्थाबारे लेखेका छन्, “उनलाई चोट लागेको छ, तर उनी ठीक हुनेछन्। चमत्कारी मिसन ! हिजो अर्को बहादुर पाइलटको उद्धार पछि आएको।”

ट्रम्पले अपरेशनमा एक पनि अमेरिकी मारिएको वा घाइते नभएको बताए। उद्धार अभियानका क्रममा अमेरिकी र इरानी सेनाबीच प्रत्यक्ष भिडन्त समेत भएको ह्वाइट हाउस स्रोतले जनाएको छ।

दुवै देशले एकअर्कालाई ‘नर्कको स्वाद चखाउने’ चेतावनी दिँदै रहेका बेला यो घटनाले पश्चिम एसियाको तनाव थप उत्कर्षमा पुर्‍याएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने सम्झौताका लागि ४८ घण्टाको अन्तिम समयसीमा दिएकै बेला यो नाटकीय सैन्य सफलता हात पारेका हुन्।

“ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ”

0

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेकाले आज मुद्दामा बहस हुने कार्यसूची रहेको छ।

ओली र लेखकलाई यही चैत १४ गते पक्राउ गरिएको थियो। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य तथा नेता लेखककी पत्नी यशोदा लेखकले उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

दुवै रिटमा छुट्टाछुट्टै इजलासबाट सुनुवाइ भई विपक्षी सरकारका नाममा कारण देखाउ आदेश जारी भएको थियो।

“गुण्डागर्दीविरुद्ध प्रहरीको कडा कारबाही: ‘सानुभाइ’सहित १८ जना पक्राउ”

0

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको निर्देशनमा पछिल्लो समय सुरक्षा निकायले आपराधिक गतिविधिविरुद्ध आक्रामक कारबाही तीव्र बनाएको छ। यसै क्रममा गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सानुभाइलाई गएराति सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले शुक्रबार रातिदेखि काठमाडौंमा गुण्डागर्दीविरुद्ध विशेष अभियान सञ्चालन गरेको थियो, जसअन्तर्गत सोही राति अन्य १७ जनालाई पनि पक्राउ गरिएको थियो।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय सानुभाइ यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भई पक्राउ परेका थिए। तर, पछि छुटेका थिए।

डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिने भएको छ।

संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गर्ने कार्यसूची तय गरिएको छ।

अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन्। उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।