Tuesday, October 27, 2026
Homeराजनीति“ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ”

“ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ”

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेकाले आज मुद्दामा बहस हुने कार्यसूची रहेको छ।

ओली र लेखकलाई यही चैत १४ गते पक्राउ गरिएको थियो। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य तथा नेता लेखककी पत्नी यशोदा लेखकले उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

दुवै रिटमा छुट्टाछुट्टै इजलासबाट सुनुवाइ भई विपक्षी सरकारका नाममा कारण देखाउ आदेश जारी भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका