Friday, April 17, 2026
Homeअन्तराष्ट्रिय“ट्रम्पद्वारा अमेरिकी सैनिक उद्धारको चमत्कार: इरानको पहाडी क्षेत्रमा सफल अपरेशन”

“ट्रम्पद्वारा अमेरिकी सैनिक उद्धारको चमत्कार: इरानको पहाडी क्षेत्रमा सफल अपरेशन”

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रमा हराइरहेका आफ्ना सैनिक टोलीका सदस्यलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको जानकारी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत “हामीले उनलाई फेला पारेका छौँ” भन्दै अमेरिकी सैन्य इतिहासकै एक साहसी र चुनौतीपूर्ण खोज तथा उद्धार अभियान सफल भएको दाबी गरेका छन्।

इरानको कडा निगरानी र घेराबन्दीबीच अमेरिकी सेनाले आफ्ना कर्णेल दर्जाका अधिकारीलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको छ। केही समयअघि दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानमा सवार ती अधिकारी इरानी नियन्त्रणमा पर्न सक्ने जोखिममा थिए।

इरानी फौजले उनलाई फेला पार्न आफ्ना नागरिकलाई ठूलो नगद पुरस्कारको घोषणा गरिसकेको पृष्ठभूमिमा अमेरिकी सेनाले २४ सै घण्टा लोकेसन ट्र्याक गर्दै अपरेशन सञ्चालन गरेको थियो। विमानमा सवार पाइलटलाई पहिले नै उद्धार गरिसकेको भए पनि हतियार प्रणाली अधिकारीका रूपमा कार्यरत ती सैनिक इरानको दुर्गम पहाडी भेगमा लुकेर बस्न बाध्य थिए।

ट्रम्पले उद्धार गरिएका चालक दल सदस्यको स्वास्थ्य अवस्थाबारे लेखेका छन्, “उनलाई चोट लागेको छ, तर उनी ठीक हुनेछन्। चमत्कारी मिसन ! हिजो अर्को बहादुर पाइलटको उद्धार पछि आएको।”

ट्रम्पले अपरेशनमा एक पनि अमेरिकी मारिएको वा घाइते नभएको बताए। उद्धार अभियानका क्रममा अमेरिकी र इरानी सेनाबीच प्रत्यक्ष भिडन्त समेत भएको ह्वाइट हाउस स्रोतले जनाएको छ।

दुवै देशले एकअर्कालाई ‘नर्कको स्वाद चखाउने’ चेतावनी दिँदै रहेका बेला यो घटनाले पश्चिम एसियाको तनाव थप उत्कर्षमा पुर्‍याएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने सम्झौताका लागि ४८ घण्टाको अन्तिम समयसीमा दिएकै बेला यो नाटकीय सैन्य सफलता हात पारेका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका