Sunday, June 28, 2026
Home Blog Page 501

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

0

तानसेन (पाल्पा): उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरू कार्यान्वयन गरिने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा अध्ययन गरी तत्काल कार्यान्वयन गर्न सकिने बुँदामा सरकार अघि बढ्ने बताएका हुन्।

“अर्थतन्त्रलाई चलायमान बनाउने र सुधारतर्फ लैजाने सुझावहरूलाई कार्यान्वयनको चरणमा लैजान्छौं। अनुशासित ढंगले स्रोत व्यवस्थापन गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयार गर्दैछौं,” मन्त्री पौडेलले भने।

सरकार अनुशासित ढंगले स्रोत परिचालन गर्न नसके थप चुनौती आउने चेतावनी दिँदै उनले देशलाई आर्थिक संकटमा जान नदिने प्रतिबद्धता व्यक्त गरे। आगामी बजेट प्रतिफलमुखी हुने र निजी क्षेत्र तथा उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखिने पनि उनले जानकारी दिए।

अर्को प्रसङ्गमा, अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नरमा योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्ने तयारी भइरहेको उल्लेख गरे। “बजारमा जस्तो चर्चा भइरहेको छ, त्यस्तो होइन। यो विषयमा अनावश्यक हल्ला चलिरहेको छ। सरकारले सकारात्मक सन्देश दिने निर्णय चाँडै ल्याउनेछ,” उनले स्पष्ट पारे।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले ठूला पूर्वाधार विकाससहित समृद्धिको यात्रा अघि बढाइरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकार कडाइका साथ अघि बढिरहेको दाबी गरे।

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

0

काठमाडौं: युरोपका तीन देश—हंगेरी, अस्ट्रिया र स्लोभाकिया—हाल फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोपका कारण संकटपूर्ण अवस्थामा पुगेका छन्। जनावरहरूमा देखिएको यो संक्रामक रोगले अराजकता निम्त्याउँदै सिमाना बन्द गराउने स्थिति ल्याएको छ।

हंगेरीमा ५० वर्षपछि पहिलो पटक एफएमडी को संक्रमण पुष्टि भएपछि युरोपभर त्रास फैलिएको हो। रोग जनावरबीच सर्ने भएकाले व्यापक नियन्त्रणका उपायस्वरूप हजारौं गाईवस्तु नष्ट गरिएका छन्। सरकारी अधिकारीहरूका अनुसार यो प्रकोप प्राकृतिक नभई योजनाबद्ध जैविक हमला हुन सक्ने आशंका बढ्दै गएको छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका प्रमुख सल्लाहकार गेर्गेली गुल्यासले भने, “हामीले प्राप्त गरेको जानकारीका आधारमा यो भाइरस प्राकृतिक नभई कृत्रिम रूपले सिर्जना गरिएको हुन सक्ने सम्भावना नकार्न सक्दैनौं।”

उक्त दाबी विदेशी प्रयोगशालाबाट प्राप्त प्रारम्भिक मौखिक रिपोर्टहरूमा आधारित भए पनि हालसम्म वैज्ञानिक रूपमा पुष्टि भएको छैन। यद्यपि, विश्व पशु स्वास्थ्य संगठन (WOAH) ले मार्च महिनामा हंगेरीको उत्तर–पश्चिमी सीमास्थित एक गाई फार्ममा पहिलो केस पुष्टि भएको जानकारी दिएको छ। त्यसपछि देशभर १,००० भन्दा बढी फार्महरूमा परीक्षण गरिएको थियो, जसमध्ये चारवटा फार्ममा भाइरस पुष्टि भयो।

डिसेम्बर २०२४ को तथ्यांकअनुसार हंगेरीमा करिब ८.६१ मिलियन गाईवस्तु थिए, जुन युरोपेली संघ (EU) का कुल गाईवस्तुको १.२५ प्रतिशत हो। एफएमडी फैलिन नदिन सरकारले लाखौं जनावर नष्ट गर्ने अभियान थालेको छ।

स्लोभाकियाको दक्षिणी भागमा पनि रोग तीव्र गतिमा फैलिरहेको छ। संक्रमण रोकथामका लागि अस्ट्रियाले हंगेरीसँगको २१वटा तथा स्लोभाकियासँगको दुईवटा सिमानाहरू अस्थायी रूपमा बन्द गरेको छ। यी सिमानाहरूमा कडा निगरानीसहित कीटाणु नाश केन्द्रहरू (disinfection zones) स्थापना गरिएको छ।

हंगेरीका किसान पल मिक्सनरले आफ्नो फार्ममा रहेका ३ हजार गाईवस्तु नष्ट गरिएको जानकारी दिए। “यो सत्य हुन सक्दैन जस्तो लाग्छ, सबैले रोइरहेका छन्,” उनले भावुक हुँदै भने। यद्यपि, उनले पुनः निर्माणका लागि संकल्प लिएको बताउँदै दुई हप्ताभित्र चारा सङ्कलन सुरु गर्ने योजना बनाएको खुलाए।

एफएमडी मानिसहरूका लागि खतरनाक नभए पनि गाईवस्तु, भेडा र बाख्राजस्ता जनावरहरूमा अत्यन्त छिटो फैलिन्छ। यसले ती जनावरहरूमा ज्वरो, मुख र खुट्टामा घाउ, थकान, दूध उत्पादनमा गिरावटजस्ता लक्षण देखाउँछ।

विशेषज्ञहरूका अनुसार यो रोग आर्थिक दृष्टिले अत्यन्त विनाशकारी हुन्छ। पशुपालनमा आश्रित किसानको जीवनयापन नै संकटमा पार्ने खालको रोग भएकोले यसप्रति समयमै ध्यान दिनु अत्यावश्यक छ।

युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूले पनि उच्च सतर्कता अपनाउन थालेका छन्। संक्रमित देशहरूबाट जनावर वा पशुजन्य उत्पादन आयातमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

यदि रोगको उत्पत्ति कृत्रिम रूपमा भएको प्रमाणित भयो भने यसले जैविक हतियार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा सम्बन्धहरूमा ठूलो बहस सिर्जना गर्नेछ।

शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान

0

काठमाडौँ: शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आफूहरूको माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन्। शनिवार काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा उनीहरूले यस्तो बताएका हुन्।

चैत २० गतेदेखि सुरु भएको आन्दोलन शनिवार ११ औँ दिनमा पुगेको छ। शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलन शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित अघि बढाइएको हो। आन्दोलनकै क्रममा महासंघ सरकारसँग वार्तामा पनि बसेको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति सदस्य गंगा ढुंगानाले सरकार र महासंघबीच विगतमा भएको सहमति अनुसार शिक्षा ऐन जारी नगरेकाले आन्दोलन गर्नुपरेको बताइन्। उनले करिब एक लाख शिक्षक सडकमा उत्रँदा पनि सरकारले शिक्षा क्षेत्रप्रति बेवास्ता देखाएको आरोप लगाइन्।

ढुंगानाले संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत शिक्षा ऐन जारी गर्नुबाहेक विकल्प नभएको बताउँदै, शिक्षकहरूको माग बेवास्ता भएमा शिक्षा क्षेत्र दशकौँसम्म प्रभावित हुन सक्ने चेतावनी दिइन्।

राष्ट्रिय शिक्षक मञ्च नेपालका अध्यक्ष कुमोदकुमार सिंहले ११ दिनको आन्दोलनपछि पनि सरकार गम्भीर नभएको उल्लेख गर्दै माग तत्काल सम्बोधन गर्नुपर्ने बताए। आन्दोलन अराजकतातर्फ मोडिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।

नेपाल शिक्षक महासंघ संखुवासभा जिल्ला अध्यक्ष शेरबहादुर पुरीले परिवर्तित राज्य व्यवस्थामा शासन र नीति नियम असंगत ढंगले चलिरहेको बताए। उनले पञ्चायती शासनकालको शिक्षा ऐन अहिलेसम्म विस्थापित नहुनु दुःखद भएको भन्दै संविधानअनुसार नयाँ शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिए।

एक सामाजिक शिक्षकले सरकार र महासंघबीच भएको विगतको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। विद्यार्थी भर्नाको समय भएकाले शिक्षकहरूलाई विद्यालय फर्काउन शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल शिक्षक संघ खाँदबारीका जिल्ला सचिव सन्तोष श्रेष्ठले शिक्षा ऐन जारी गर्नु सरकारको दायित्व भएको भन्दै आन्दोलनका कारण सरकार सञ्चालनमा अवरोध आए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिए।

शिक्षकहरूले शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान दोहोर्याएका छन्। उनीहरूले सरकार सामुदायिक विद्यालयलाई कमजोर बनाउन चाहेको आरोप पनि लगाएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (चैत ३० गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार विभिन्न मुद्राको खरिद तथा बिक्री दर निम्नानुसार निर्धारण गरिएको छ:

प्रमुख मुद्राहरूको विनिमय दर:
अमेरिकी डलर (USD):

खरिद दर: रु. १३७.३७

बिक्री दर: रु. १३७.९७

युरोपियन युरो (EUR):

खरिद दर: रु. १५६.०२

बिक्री दर: रु. १५६.७१

बेलायती पाउन्ड (GBP):

खरिद दर: रु. १७९.७८

बिक्री दर: रु. १८०.५७

स्वीस फ्र्याङ्क (CHF):

खरिद दर: रु. १६८.३८

बिक्री दर: रु. १६९.११

अष्ट्रेलियन डलर (AUD):

खरिद दर: रु. ८५.७१

बिक्री दर: रु. ८६.०९

क्यानेडियन डलर (CAD):

खरिद दर: रु. ९८.८०

बिक्री दर: रु. ९९.२३

सिङ्गापुर डलर (SGD):

खरिद दर: रु. १०४.०३

बिक्री दर: रु. १०४.४८

जापानी येन (JPY – प्रति १०):

खरिद दर: रु. ९.६३

बिक्री दर: रु. ९.६७

चिनियाँ युआन (CNY):

खरिद दर: रु. १८.८२

बिक्री दर: रु. १८.९०

खाडी र अन्य मुलुकका मुद्राहरू:
साउदी रियाल (SAR):

खरिद दर: रु. ३६.५९

बिक्री दर: रु. ३६.७५

कतारी रियाल (QAR):

खरिद दर: रु. ३७.६८

बिक्री दर: रु. ३७.८५

युएई दिराम (AED):

खरिद दर: रु. ३७.४०

बिक्री दर: रु. ३७.५६

कुवेती दिनार (KWD):

खरिद दर: रु. ४४८.६४

बिक्री दर: रु. ४५०.६०

बहराइन दिनार (BHD):

खरिद दर: रु. ३६४.४२

बिक्री दर: रु. ३६६.०१

ओमनी रियाल (OMR):

खरिद दर: रु. ३५६.८२

बिक्री दर: रु. ३५८.३८

अन्य मुद्राहरू:
थाई भाट (THB):

खरिद दर: रु. ४.१०

बिक्री दर: रु. ४.११

मलेसियन रिङ्गेट (MYR):

खरिद दर: रु. ३१.०६

बिक्री दर: रु. ३१.२०

साउथ कोरियन वन (KRW – प्रति १००):

खरिद दर: रु. ९.६०

बिक्री दर: रु. ९.६४

स्वीडिस क्रोनर (SEK):

खरिद दर: रु. १४.००

बिक्री दर: रु. १४.०६

डेनिस क्रोनर (DKK):

खरिद दर: रु. २०.८९

बिक्री दर: रु. २०.९८

हङकङ डलर (HKD):

खरिद दर: रु. १७.७१

बिक्री दर: रु. १७.७९

भारतीय रुपैयाँ (INR – प्रति १००):

खरिद दर: रु. १६०.००

बिक्री दर: रु. १६०.१५

नेपाल राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दरमा परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूद्वारा लागू गरिने दर फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिइएको छ।

देशका केही भागमा हल्कादेखि मध्यम वर्षा, उच्च भू–भागमा हिमपातको सम्भावना

0

काठमाडौँ: हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिकदेखि मुख्यतया सफा मौसम रहेको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको महाशाखाले जनाएको छ।

शनिबारको लागि पूर्वानुमान अनुसार:

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाँकी भू–भागका एक–दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्नेछ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले हालसम्म देशभर देखिएको तुवाँलो क्रमशः घट्दै जाने पूर्वानुमान गरेको छ। साथै, वर्षा, चट्याङ, हिमपात आदिका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सांसद दीपक बोहराको निधनले प्रतिनिधिसभामा एक स्थान रिक्त

0

काठमाडौँ: सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि प्रतिनिधिसभामा एक स्थान रिक्त भएको जानकारी दिनुभएको छ। सांसद बोहराको निधन यही चैत १९ गते उपचारका क्रममा भएको हो।

संविधानको धारा ८९ को खण्ड (च) बमोजिम र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५(२) अनुसार प्रतिनिधिसभा सदस्यको स्थान रिक्त भएको सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिनुभयो।

आईसीसी महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

0

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी मे महिनामा थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दोस्रो चरणको तयारीलाई लक्षित गर्दै यी खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी हुन बोलाइएको हो।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू:

इन्दु वर्मा

बिन्दु रावल

सम्झना खड्का

रुबिना छेत्री

रोमा थापा

कविता जोशी

यशोदा बिष्ट

रुबी पोद्दार

राजमती ऐरी

काजल श्रेष्ठ

पूजा महतो

कविता कुँवर

सबनम राई

ईश्वरी बिष्ट

सोमु बिष्ट

मनीषा उपाध्याय

रचना चौधरी

सिता राना मगर

सिमाना केसी

रिया शर्मा

क्यानले छनोट गरिएका खेलाडीहरूमध्ये अन्तिम टोली छान्नका लागि थप अभ्यास र मूल्याङ्कन गरिने जनाएको छ।

पोखरामा २०औँ फेवा महोत्सव सुरु, होटलमा २०% छुट

0

लेखनाथ (कास्की): होटल सङ्घ पोखराको आयोजनामा २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ आजदेखि पोखरामा सुरु भएको छ। महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।

पर्यटक लक्षित महोत्सवअन्तर्गत पोखराका सङ्घअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट दिने भएका छन्। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिँदै भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यसपटकको विशेष आकर्षण हुने बताए।

महोत्सवको विशेषता:

गण्डकी प्रदेशका ११ जिल्लाको मौलिक संस्कृति प्रदर्शन

बाजा, भजन, रत्यौली, र लोक दोहोरी कार्यक्रम

प्रदेशस्तरीय परम्परागत खाना प्रदर्शन

मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड, र व्याडमिन्टन कप प्रतियोगिता

पोखराको खहरेचोकदेखि ड्यामसाइड सम्मको करिब तीन किलोमिटर सडक क्षेत्रमा आयोजना

निःशुल्क प्रवेश

सङ्घका अध्यक्ष सुवेदीका अनुसार हाल पोखराका होटलहरूमा ६० प्रतिशत अकुपेन्सी रहेको छ, जुन महोत्सवको कारण ९० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन्।

पक्राउ परेको १६ वर्षपछि अमेरिकाबाट भारत ल्याइएका तहव्वुर राणा १८ दिनको हिरासतमा

0

काठमाडौं: दिल्लीस्थित विशेष अदालतको आदेशपछि भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६/११ मुम्बई आक्रमणका आरोपी तहव्वुर हुसेन राणालाई १८ दिनको हिरासतमा लिएको छ।

अमेरिकाबाट सुपुर्दगी गरिएको राणालाई बिहीबार पटियाला हाउसस्थित एनआईए विशेष अदालतमा पेश गरिएको थियो। अदालतले अनुसन्धानका लागि उनलाई १८ दिन एनआईएको हिरासतमा राख्न अनुमति दिएको हो।

एनआईएले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेश अनुसार राणालाई हिरासतमा लिइएको जानकारी दिएको छ। एजेन्सीले हिरासत अवधिमा २००८ को मुम्बई आतंकवादी आक्रमणको योजनाबारे राणासँग विस्तृत रूपमा सोधपुछ गरिने जनाएको छ।

उक्त आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो भने २३८ भन्दा बढी घाइते भएका थिए।

राणाका कानुनी प्रतिनिधि पियुष सचदेवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “एनआईएले २० दिनको प्रहरी हिरासत मागेको थियो। अदालतले सबै पक्षको सुनुवाइपछि १८ दिनको हिरासत स्वीकृत गरेको छ। यदि थप समय आवश्यक भयो भने एनआईएले पुनः निवेदन दिन सक्छ।”

उनका अनुसार अदालतले राणालाई हिरासतमा पठाउनु अघि र फेरि पेश गर्नु अघिको दिन, दुबैपटक उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न आदेश दिएको छ।

आफ्नै सैनिकहरूले गाजा युद्धको आलोचना गरे पछि प्रधानमन्त्री नेतान्याहूले के भने ?

0

काठमाडौं: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धको आलोचना गर्ने केही वायुसेना रिजर्भ सैनिकहरूको अभिव्यक्तिलाई अस्वीकार गरेका छन्। उनले युद्धको बीचमा गरिएको आलोचना क्षमा योग्य नहुने बताएका छन्।

गाजा युद्धमा इजरायली बन्धकहरूको रिहाइलाई प्राथमिकता दिनुपर्ने भन्दै केही सेवारत रिजर्भ सैनिकहरूले खुलेर आवाज उठाएपछि विवाद चर्किएको हो। उनीहरूले हस्ताक्षर गरेको पत्रमा हालको लडाइँ राजनीतिक रूपमा प्रेरित भएको, र यसले बन्धक, सैनिक तथा निर्दोष नागरिकको ज्यान जोखिममा परेको उल्लेख छ।

इजरायली सेनाले ती सैनिकहरूलाई चेतावनी दिँदै भनेको छ, “सेनाको सेवामा रहेका व्यक्तिहरूले राजनीतिक विरोध प्रदर्शनमा भाग लिन पाउँदैनन्। यस्तो गतिविधिमा संलग्न हुनेहरूलाई बर्खास्त गरिनेछ।”

प्रधानमन्त्री नेतान्याहूले सैनिकको यस्तो अभिव्यक्तिले हमासलाई सघाउने काम मात्र गर्ने बताएका छन्।

इजरायलले गत महिना गाजामा पुनः हवाई तथा स्थल आक्रमण सुरु गरेको छ। सरकारले भनेको छ, सैन्य दबाबले हमासलाई बाँकी रहेका इजरायली बन्धकहरू रिहा गर्न बाध्य पार्नेछ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७, २०२३ यता गाजामा ५० हजार ८८० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।