Monday, April 27, 2026
Homeअन्तराष्ट्रियआफ्नै सैनिकहरूले गाजा युद्धको आलोचना गरे पछि प्रधानमन्त्री नेतान्याहूले के भने ?

आफ्नै सैनिकहरूले गाजा युद्धको आलोचना गरे पछि प्रधानमन्त्री नेतान्याहूले के भने ?

काठमाडौं: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धको आलोचना गर्ने केही वायुसेना रिजर्भ सैनिकहरूको अभिव्यक्तिलाई अस्वीकार गरेका छन्। उनले युद्धको बीचमा गरिएको आलोचना क्षमा योग्य नहुने बताएका छन्।

गाजा युद्धमा इजरायली बन्धकहरूको रिहाइलाई प्राथमिकता दिनुपर्ने भन्दै केही सेवारत रिजर्भ सैनिकहरूले खुलेर आवाज उठाएपछि विवाद चर्किएको हो। उनीहरूले हस्ताक्षर गरेको पत्रमा हालको लडाइँ राजनीतिक रूपमा प्रेरित भएको, र यसले बन्धक, सैनिक तथा निर्दोष नागरिकको ज्यान जोखिममा परेको उल्लेख छ।

इजरायली सेनाले ती सैनिकहरूलाई चेतावनी दिँदै भनेको छ, “सेनाको सेवामा रहेका व्यक्तिहरूले राजनीतिक विरोध प्रदर्शनमा भाग लिन पाउँदैनन्। यस्तो गतिविधिमा संलग्न हुनेहरूलाई बर्खास्त गरिनेछ।”

प्रधानमन्त्री नेतान्याहूले सैनिकको यस्तो अभिव्यक्तिले हमासलाई सघाउने काम मात्र गर्ने बताएका छन्।

इजरायलले गत महिना गाजामा पुनः हवाई तथा स्थल आक्रमण सुरु गरेको छ। सरकारले भनेको छ, सैन्य दबाबले हमासलाई बाँकी रहेका इजरायली बन्धकहरू रिहा गर्न बाध्य पार्नेछ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७, २०२३ यता गाजामा ५० हजार ८८० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका