Sunday, May 3, 2026
Homeमनोरन्जनहरेक रात अभिषेक बच्चनले सुत्नुअघि ऐश्वर्या रायसँग माफी माग्दथे, कारण यस्तो

हरेक रात अभिषेक बच्चनले सुत्नुअघि ऐश्वर्या रायसँग माफी माग्दथे, कारण यस्तो

बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् ।

अन्तरवार्तामा बताए रोचक किस्साः

वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए । इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए ।

ऐश्वर्याले स्वीकारेकी थिइन् झगडाको कुराः

उक्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

अभिषेकले किन माग्दथे माफीः

यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए । उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’

यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका