Monday, September 21, 2026
Homeअर्थ र ब्यापारफिल्म ‘गौँथली’को बक्स अफिस कमाइ २५ करोड ९४ लाख नाघ्यो

फिल्म ‘गौँथली’को बक्स अफिस कमाइ २५ करोड ९४ लाख नाघ्यो

काठमाडौँ । नेपाली फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको २०८३ असोज ४ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस विवरणअनुसार फिल्मले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

उक्त अवधिसम्म फिल्म ९ लाख ४० हजार ९१५ जना दर्शकले हेरेका छन्।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ गत साउन १ गतेदेखि प्रदर्शनमा आएको हो। फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका