Thursday, September 24, 2026
Homeअर्थ र ब्यापारनेप्से ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

नेप्से ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से २,६२९.८१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर किनबेच भएका छन्। दिनभरमा कुल ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज निर्जीवन बीमा समूहबाहेक सबै क्षेत्रका शेयर मूल्य बढेका छन्।

कारोबार भएका कम्पनीमध्ये नेपाल ल्युब आयलको शेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशत बढेको छ। त्यस्तै, सोनापुर मिनरल्सको शेयर मूल्य ७.६५ प्रतिशत बढेको छ।

यसैगरी, आज मिड सोलु हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ११.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ। शिवम् सिमेन्टको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका