काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र **‘झिंगेदाउ २’**ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। राजधानीका विभिन्न हलमा आइतबार चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।
हलमा दर्शकको चापसँगै चलचित्रप्रतिको उनीहरूको उत्साह पनि देखिएको थियो। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले तेस्रो दिन पनि दर्शकलाई हलसम्म तान्न सफल भएको हो।
चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन्। दर्शकको सकारात्मक प्रतिक्रियासँगै **‘झिंगेदाउ २’**को प्रदर्शनले सुरुवाती दिनमा उत्साहजनक गति लिएको देखिएको छ।


