रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना गीत प्रस्तुत गर्दा दर्शक खुसीले झुमेका देखिन्थे ।
युवापुस्ता माझ प्रिय गायिका रचना रिमालले कार्यक्रममा ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएका दर्शक रिझाएकी थिइन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता गायिका अस्मिता अधिकारीले कार्यक्रममा ‘टाढा भएपनि’, ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘लज्जावती झारझैं’ गीत गाएकी थिइन्, भने गायक एकदेव लिम्बुले ‘आँखामा आउने सपनी’, ‘क्या राम्री’, ‘तिम्रो मुटुमा’ जस्ता हिट गीत प्रस्तसत गरेका थिए ।
महेश लिम्बु र गोविन राजभण्डारीले संयुक्त संचालन रहेको कार्यक्रममा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको थियो ।


