Sunday, May 3, 2026
Homeमनोरन्जन‘मन्त्र’ ट्रेलरमा सौगात र दीयाको ‘हिमाली प्रेमकथा’

‘मन्त्र’ ट्रेलरमा सौगात र दीयाको ‘हिमाली प्रेमकथा’

हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा सौगात र दीयाको लभस्टोरी चित्रण गरिएको छ । ट्रेलरअनुसार बुद्धि तामाङ खलपात्रको भूमिकामा छन् । दीयालाई भगाएर लैजान खोज्ने बुद्धिको प्रयासमा सौगात अवरोध भएपछि हुने द्वन्द्व मन्त्रको कथावस्तु हो ।

ट्रेलरमा मनास्लु क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको आकर्षक हिमाली ल्याण्डस्केप र बौद्ध परम्परा पनि चित्रण गरिएको छ । प्रेसमिटमा अभिनेता मल्लले छायांकनमा भएका रमाइला अनुभव बाँडे ।

निर्देशक खिलबहादुर गुरुङले ५ हजार १०० मिटरभन्दा उचाइको मनास्लु क्षेत्रमा पुगेर कठिनाइपूर्वक फिल्म सुट गरिएको बताए । वैशाख १६ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई देवेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका