Saturday, May 2, 2026
Homeमनोरन्जनफष्ट लुकमा यस्तो देखियो ‘गणपति’

फष्ट लुकमा यस्तो देखियो ‘गणपति’

फिल्म ‘गणपति’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । हामीले मान्दै आएका भगवान र मानिसबीचको फरक देखाउने बताइएको फिल्मको फष्टलुक नयाँ बर्ष २०७९ को अवसर पारेर बाहिर ल्याइएको हो । पोस्टरमा मानिस र गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख भुमिका रहेको छ । पिल्ममा मुकुन र मेनुकाको अलवा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्म कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए। अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालले बताए ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत छ । गोविन्द शाहीले वितरण गर्ने फिल्म ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार यो फिल्म नेपालभन्दा पहिले यू.के. र अष्ट्रेलियामा रिलीज हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका