Sunday, August 23, 2026
Homeमनोरन्जननेपालमा आउँदै ‘हसल बाई नेपहप’, र्‍याप प्रतिभा खोज्ने नयाँ रियालिटी शो

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, र्‍याप प्रतिभा खोज्ने नयाँ रियालिटी शो

काठमाडौं । नेपाली हिप–हप संगीतले पछिल्लो समय व्यापक लोकप्रियता हासिल गरिरहेका बेला नेपालमा नयाँ र्‍याप रियालिटी शो आउने भएको छ। भारतमा चर्चित ‘एमटिभी हसल’को फ्रेन्चाइजका रूपमा मालिन मिडियाले ‘हसल बाई नेपहप’ नामक र्‍याप रियालिटी शो सुरु गर्ने तयारी गरेको हो।

नेपाली टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा नेपाली हिप–हप संस्कृति, र्‍याप संगीत र कलाकारको सिर्जनशीलतालाई प्राथमिकता दिइनेछ। प्रतियोगिता, मार्गदर्शन तथा प्रत्यक्ष प्रस्तुतिमार्फत नयाँदेखि स्थापित र्‍यापरसम्मले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

पछिल्लो समय नेपाली र्‍याप गीतले डिजिटल प्लेटफर्ममा करोडौँ भ्युज हासिल गरिरहेका छन्। विशेषगरी युवा पुस्तामाझ हिप–हप संगीतको आकर्षण बढ्दै गएको अवस्थामा ‘हसल बाई नेपहप’ ले नेपाली र्‍यापरलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने नयाँ मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली हिप–हप क्षेत्रमा रहेका नयाँ प्रतिभाको पहिचान गर्नुका साथै उनीहरूको संगीत, संघर्ष र जीवनकथालाई व्यापक दर्शकमाझ पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

यसका साथै नेपाली र्‍याप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनसमेत कार्यक्रमले योगदान गर्ने अपेक्षा गरिएको छ। नयाँ प्रतिभालाई व्यावसायिक मार्गदर्शन र प्रस्तुति अवसर उपलब्ध गराउँदै नेपाली हिप–हपको दायरा विस्तार गर्ने लक्ष्य आयोजकको छ।

‘हसल बाई नेपहप’ को प्रसारण मिति, निर्णायक, मार्गदर्शक तथा सहभागी कलाकारसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका