Wednesday, July 22, 2026
Homeमनोरन्जन‘कठपुतली’ को नयाँ ट्रेलरमा भरपुर हरर दृश्य

‘कठपुतली’ को नयाँ ट्रेलरमा भरपुर हरर दृश्य

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘कठपुतली’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको नयाँ ट्रेलरमा हरर दृश्यहरु धेरै समेटिएका छन् ।

अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिको बिषय देखाउन खोजेको छ । २ मिनेट ९ सेकेन्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।  पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको  फिल्म अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायाङ्कन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका