Sunday, May 3, 2026
Homeमनोरन्जनएनटीआरकी बेहुली बनेकी थिइन् १८ वर्षीया प्रणीति, विवाहमा थिए १५ हजार पाहुना

एनटीआरकी बेहुली बनेकी थिइन् १८ वर्षीया प्रणीति, विवाहमा थिए १५ हजार पाहुना

दक्षिण भारतको फिल्म क्षेत्रका सुपरस्टार जुनियर एनटीआर पछिल्लो समयमा नयाँ फिल्म आरआरआरका कारण चर्चामा छन् । ग्रेट नन्दामुरी परिवारका उनका प्रशंसक र दर्शकको संख्या धेरै ठूलो छ । अभिनेता सँगसँगै एनटीआर मायालु श्रीमान् पनि हुन् । उनका व्यक्तिगत जीवन पनि निकै सुन्दर छ ।

जुनियर एनटीआर र लक्ष्मी प्रणीतिको विवाह सन् २०११ को मे ५ मा भएको थियो । उनीहरुको विवाह मागी विवाह हो । उनीहरुको विवाहमा १ सय करोड भारतीय रुपियाँ खर्च भएको थियो । उनीहरुको मण्डप सजाउनका लागि मात्रै १८ करोड खर्च भएको थियो । उनको विवाहमा ३ हजार पाहुना र १२ हजार फ्यानहरु सामेल भएका थिए । उनको विवाह साउथको रिजनल च्यानलमा प्रशारण गरिएको थियो ।

सन् २०१० मा एक वकिलले बालविवाह गरेको केसमा उजूरी दर्ता गराएका थिए । वकिलले एनटीआरले बालिकासँग विवाह गर्न लागेको आरोप लगाएका थिए । जसको कारण एनटीआरले एक वर्ष कुरेर लक्ष्मी १८ वर्ष भएपछि विवाह गरेका थिए ।

उनले आफ्नी श्रीमतीको बारेमा एक अन्तरवार्तामा भनेका थिए, ‘म आज जे हुँ त्यो सबै उनको देन हो । उनीजस्तो विशेष महिलासँग विवाह गरेकोमा आफूलाई विशेष ठान्छुँ । उनले मेरो लागि धेरै गरिन् । मेरी आमापछि उनी मेरो घरकी एंकर हुन् । मलाई घरमा एकदमै विशेष महसुस हुन्छ ।’ उनका दुई छोराहरु छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका