Wednesday, May 6, 2026
Homeमनोरन्जनउच्च अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनमा रोक हट्यो

उच्च अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनमा रोक हट्यो

काठमाडौँ । उच्च अदालत पाटन ले चलचित्र लालीबजार को प्रदर्शनमा लगाइएको रोक हटाएको छ।

बुधबार न्यायाधीशद्वय खडानन्द तिवारीनेत्रप्रसाद आचार्य को संयुक्त इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै फिल्म प्रदर्शनका लागि बाटो खुला गरेको हो।

चलचित्रका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रोशनी नेपाली ले रिट दायर गरेकी थिइन्। मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लाई समेत विपक्षी बनाइएको थियो।

निर्देशक यम थापा को यो फिल्म १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारी भए पनि अदालतको अन्तरिम आदेशका कारण रोकिएको थियो।

निवेदकले चलचित्रमा ‘वादी’ शब्द प्रयोग गरी उक्त समुदायलाई नकारात्मक रूपमा चित्रण गरिएको र केही संवादहरू अपमानजनक रहेको दाबी गरेकी थिइन्। यसले वादी समुदायको आत्मसम्मानमा असर पुग्ने जिकिर गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका