Sunday, May 3, 2026
Homeमनोरन्जनआलियाको टिलटिले साडी, नियाको बिकिनी स्टाइलको पहिरन : अवार्ड शोमा सेलिब्रिटीको ग्ल्यामर

आलियाको टिलटिले साडी, नियाको बिकिनी स्टाइलको पहिरन : अवार्ड शोमा सेलिब्रिटीको ग्ल्यामर

बिटाउनमा अवार्ड शो मात्रै एउटा यस्तो मञ्च हो जहाँ सबै सेलिब्रिटी एकैठाउँमा जम्मा हुन्छन् । आइतबार आइटीए अवार्डको आयोजना गरिएको थियो जब बलिउडदेखि टेलिभिजनसम्मका सबै चर्चित अनुहार एकै स्थानमा देखिए । इभेन्टमा आलिया भट्ट, वाणी कपूर, हिना खान, निया शर्मा, राखी सावन्तसमेत अन्य सबै सेलिब्रिटी एकसे एक पहिरनमा देखिए ।

आलिया भट्टले आफ्नो ‘गंगूबाई काठियावाडी’ लुक यहाँ पनि क्यारी गरेकी थिइन् । उनले आफ्नो ट्रेडिसनल लुकलाई थोरै ग्ल्यामर टच दिएकी थिइन् ।
उनले रिसाइकल्ड नाइलन र री–परपज्र्ड डिग्रेडेबल Faux लेदर मटिरियलबाट तयार गरिएको सिल्भर कलरको टिलटिल टल्कने साडी लगाएकी थिइन् । कानमा झुम्का, थोरै मेकअप, खुल्ला कपालले उनको लुकमा सुनमा सुगन्ध निम्त्याएको थियो । उनले गंगुबाईको सिग्नेचर स्टाइल पनि देखाइन् ।

कार्यक्रममा दिलिप जोशी मरुन रङको सुुट–बुटमा देखिए । बबिता जी अर्थात् मुनमुन दत्ता पनि निकै ग्ल्यामरस देखिएकी थिइन् । उनले थाई स्लिट ह्वाइट गाउन लगाएकी थिइन् । दिलिप र मुनमुनले पापाराजीलाई पोज पनि दिए ।

राखी सावन्तको के कुरा गर्नु । कार्यक्रममा उनले सिल्भर स्टोर वर्क गरिएको ब्ल्याक क्रप टप विद श्रग म्याचिङ ब्ल्याक आउटफिट लगाएकी थिइन् । पहिरन त ठिकै छ, उनले टाउकोमा एकदमै ठूलो रोज ह्याट लगाएकी थिइन् । उनले रेड लिपिस्टिकसँग हेभी मेकअप गरेकी थिइन् ।

राखीले रणवीर र आलियासँग मस्ती पनि गरिन् ।

रणबीरले कार्यक्रममा ब्ल्याक एण्ड ह्वाइट कम्बिनेसनको स्टाइलिस सुट, ह्वाइट बोर्डर भएको चस्मा र सेतै जुत्ता लगाएका थिए ।

कश्मिरा शाह गुलाबी गाउनमा देखिएकी थिइन् । उत्कृष्ट आइ मेकअप र गहना बिनाको लुकमा उनी निकै आकर्षिक देखिएकी थिइन् ।

हिना खानले कार्यक्रममा आफ्नो शर्प लुकले सबैलाई आकर्षित पारिन् । उनी ब्ल्याक अफ शोल्डर फ्रिल टप र म्याचिङ वाइड लेग पाइन्टमा देखिइन् । आँखामा गहिरो गाजल, मस्कारा, न्यूड रङको लिपिस्टिक र शाइनी मेकअप । उनले हाई पोनिटेल हेयरस्टाइल बनाएकी थिइन् ।

रश्मि देसाई पनि कार्यक्रममा आफ्नो ग्ल्यामरस लुकसहित प्रस्तुत भइन् । पर्पल शेडको हेवी वर्क ड्रेसमा रश्मि निकै आकर्षक देखिएकी थिइन् । मिडल पार्टेड पोनिटेल हेयर स्टाइल, डिवी मेकअप, ग्लोसी लिपस्टिकमा रश्मि निकै आकर्षक देखिएकी थिइन् ।

कार्यक्रममा नायिका वाणी कपुरले पनि आफ्नो ट्रेडिशनल लुकको जादु बिछ्याइन् । वाणी स्लिवलेस डिप नेक ब्लाउज र ब्लाक साडीमा देखिइन् ।

कार्यक्रममा अन्य थुप्रै सेलिब्रिटी पनि देखिए । कबिर खान, करण जोहर, मिनी माथुर, सुनैना फौजदार, रुपाली गांगुली, हेली शाह, सुरभि चन्दना, राकेश बापटसमेत थुप्रै स्टार्स शोको हिस्सा बने ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका