काठमाडौँ: राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध तीनकुने घटनासँग जोडेर थप नयाँ अभियोग लगाइएको छ। पक्राउ परेको ४२औँ दिनमा उनलाई ‘आपराधिक उपद्रव’ अन्तर्गतको नयाँ कसूर लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो।
राप्रपाका महामन्त्री शरदराज पाठकले मिश्रमाथि थप आरोप लगाइएप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “रवीन्द्र मिश्रलाई पक्राऊ गरिएको आज ४२औँ दिनमा आएर ‘आपराधिक उपद्रव’ को नयाँ कसूर लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको छ। एउटा प्रजातान्त्रिक विचारकलाई लामो समयसम्म थुनिएको र फरक मतप्रति पूर्ण रूपमा दमन गर्ने षड्यन्त्रपूर्वक प्रयास भइरहेको छ।”
पाठकले केही व्यक्तिहरू यस घटनाबाट हर्षित देखिए पनि राज्य सञ्चालकहरूलाई यस्तो निरङ्कुश प्रवृत्तिको अन्त्य सुखद नहुने चेतावनी दिएका छन्।