Wednesday, July 1, 2026
Homeराजनीतिरास्वपाले गठन गर्‍यो निर्वाचन, लेखा र अनुशासन आयोग

रास्वपाले गठन गर्‍यो निर्वाचन, लेखा र अनुशासन आयोग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकबाट पार्टीका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले महाधिवेशनबाट अनुमोदित विधानअनुसार तीनवटै आयोग गठन गर्ने निर्णय गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिए।

उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गर्दै यसअघि जिम्मेवारी सम्हालिरहेका पदाधिकारीहरूलाई पुनः जिम्मेवारी दिइएको छ।

यस्तै, अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनयन गरिएको छ।

महामन्त्री आचार्यका अनुसार बैठकमा अन्य पदाधिकारी मनोनयनबारे कुनै छलफल भएको छैन। बाँकी पदाधिकारीको नियुक्ति पार्टी सभापतिको विशेषाधिकारअन्तर्गत पर्ने भएकाले सभापतिको निर्देशन र तयारीअनुसार आगामी बैठकबाट टुंगो लगाइनेछ।

बैठकले पहिलो राष्ट्रिय महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मी तथा सहयोगी सबैप्रति धन्यवाद प्रस्तावसमेत पारित गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका