Tuesday, May 20, 2025
Homeराजनीतिमोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु

मोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु

काठमाडौं: केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि परराष्ट्रमन्त्री बनेकी आरजु राणा देउवाले पद सम्हालेसँगै भारत भ्रमण गरेकी थिइन्। त्यतिबेला भारतले उनलाई विशेष सम्मान दिएको थियो। तर, पछिल्लो समय त्यो सम्मानमा गिरावट आएको देखिन्छ।

गत साता मात्र भारतले परराष्ट्रमन्त्री आरजुप्रति आफ्नो प्राथमिकता घटेको स्पष्ट सन्देश दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउँदा परराष्ट्रमन्त्री आरजुभन्दा पहिला नेपाली कांग्रेसका अन्य नेतासँगै माओवादी नेताहरूसँग भेटघाट गरे। यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय संस्थापनका लागि आरजु प्राथमिकतामा नरहेको संकेत दिएको छ।

चौथाइवाले भाजपाको विदेश विभागका प्रमुख हुन्। नेपालको भ्रमणमा आएका विदेशी नेताले प्रोटोकलअनुसार परराष्ट्र मन्त्रालयमार्फत सम्पर्क गर्नु स्वाभाविक मानिन्छ। आरजु स्वयं परराष्ट्रमन्त्री भए पनि चौथाइवालेले उनको औपचारिक भेट नगरी अन्य नेताहरूसँग संवाद अघि बढाए।

नेपाल भ्रमणका क्रममा उनले २० भन्दा बढी नेताहरूसँग भेट गरेका थिए। तीमध्ये प्रमुख दलका शीर्ष नेतादेखि दोस्रो तहका नेतासम्म परेका थिए। भेटका क्रममा उनले भारतका नीतिगत सन्देशहरू व्यक्त गरे र जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतप्रति नेपालको स्पष्ट समर्थनको अपेक्षा राखे। तर, नेपालको आन्तरिक सत्ता समीकरणमा भने उनले चासो नदेखाएको बताइन्छ।

आरजु र चौथाइवालेबीच पदीय मात्र नभई व्यक्तिगत सम्बन्ध पनि रहेको उल्लेखनीय छ। केही वर्षअघि आरजुले चौथाइवालेलाई राखी बाँधेर आत्मीयता प्रकट गरेकी थिइन्। यद्यपि, कूटनीतिक प्रोटोकल र व्यक्तिगत सम्बन्ध दुवैका बाबजुद चौथाइवालेले आफ्नो भ्रमणमा आरजुलाई प्राथमिकता नदिएको घटनाले आरजु भारतको हालको कूटनीतिक प्राथमिकतामा नरहेको संकेत दिएको विश्लेषण कूटनीतिक जानकारहरू गर्छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका