Sunday, May 3, 2026
Homeमनोरन्जन१७ दिन पछि पनि आइसीयुमा लता मंगेशकर : परिवारले भन्यो, ‘प्रार्थना गरिदिनुहोस्’

१७ दिन पछि पनि आइसीयुमा लता मंगेशकर : परिवारले भन्यो, ‘प्रार्थना गरिदिनुहोस्’

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार देखिएको छ । ८ जनवरी सन् २०२२ मा कोरोना संक्रमित भेटिएपछि लता मंगेशकरलाई मुम्बई अस्पतालमा भर्ना गरियो । लताको स्वास्थ्यको विषयमा परिवारको तर्फबाट नयाँ वक्तव्य जारी गरिएको छ ।

परिवारको तर्फबाट आयो वक्तव्यः

​लता मंगेशकरको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अहिले पनि आइसीयूमा हुनुहुन्छ । डाक्टर प्रतित समदानीको समूहको रेखदेखमा उहाँको उपचार चलिरहेको छ । उनको स्वास्थ्यबारे दैनिक अपडेट दिन सम्भव छैन । यो पूर्ण रुपमा परिवारको गोपनियताको मामिला हो । हामी तपाईंहरु सबैलाई यो आग्रह गर्न चाहन्छौँ कि मामिलालाई गम्भीरताका साथ बुझ्ने कोसिस गर्नुहोस् । अफवाह फैलाउनबाट बच्नुहोस् र लताजीको स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस् । तपाईंहरुको सहयोगका लागि हामी आभारी छौँ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका