Sunday, June 21, 2026
Home Blog Page 606

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

0

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ ।

प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा

0

लिस्बन (पोर्चुगल):पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणका लागि आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि सुरु गरेको छ।

टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालनमा रहेको घुम्ती शिविरमार्फत कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवाहरू दिन थालेको हो। पहिलो दिन १०५ प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ अन्य कागजात प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ। साथै, थप ३७ प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ।

पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले प्रहरी रिपोर्ट र अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीहरूको सहजताका लागि शिविर अवधि थप गरी कन्सुलर सेवा प्रदान गर्न थालिएको जानकारी दिए। उनले टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेक प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सबै प्रकारका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिरहेको बताए।

शिविरमार्फत १२ डिसेम्बरदेखि सुरु भएको राहदानी वितरण कार्यक्रमअन्तर्गत बुधबारसम्म २,४१० विद्युतीय राहदानी वितरण गरिएको छ। बाँकी रहेका राहदानी वितरण प्रक्रिया जारी रहेको राजदूत भट्टराईले जानकारी दिए।

दूतावासले टोलीले डिसेम्बर २१ सम्म लिस्बनमै रहेर कन्सुलर सेवा प्रदान गर्ने जनाएको छ। घुम्ती शिविरमार्फत राहदानीसहित कन्सुलर सेवा पाउँदा विशेषतः आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड)का लागि बायोमेट्रिक प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन्।

रसुवागढी नाकाबाट मामालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्दो

0

रसुवा, केरुङ्ग: केरुङबाट मालसामान बोक्ने कन्टेनरहरूको चाप दिनानुदिन बढ्दै गएको छ। चिनियाँ सामग्री आयातका लागि दैनिक दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ आउने गरेको सीमासुरक्षाकर्मीले जानकारी दिएका छन्।

रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर, चप्पल, तयारी पोशाक, विद्युतीय सामान, जलविद्युत् आयोजनाका उपकरण, र खेलौना लगायतका सामग्री आयात भइरहेका छन्। हाल दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रक्रियामा रहेको बताइएको छ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले रसुवागढी नाकाबाट सबैभन्दा धेरै ईभी (विद्युतीय सवारीसाधन) आयात हुने जानकारी दिए। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म, तीन हजार सवारीसाधन नेपाल भित्रिएको छ। सवारीसाधन नै राजस्व आर्जनको प्रमुख स्रोत बनेको बताउँदै उनले चालु आव २०८१/८२ को पहिलो चौमासिकमा करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व संकलन भएको जानकारी गराए।

तर, रसुवागढी नाकाबाट मालसामानको निर्यात भने अत्यन्तै न्यून रहेको छ। उपलब्ध विवरण अनुसार ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, स्टिलउड, र काठका सामग्री प्रमुख निर्यात वस्तुमा पर्दछन्।

आयाततर्फ जुत्ताचप्पल, तयारी पोशाक, र विद्युतीय सामग्री उल्लेखनीय छन्। यस्तै, सीमाक्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४सै घण्टा पहरा व्यवस्थाले सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारीले बताएका छन्।

विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा रहेको रसुवागढी नाका सडक मर्मतको अभावका कारण मालवाहक सवारीसाधन सञ्चालनमा असहजता भइरहेको छ। स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका होचो-अग्लो भागलाई मर्मत गरी सम्याउन थोरै खर्चले पनि ठूला सुधार हुने सुझाव सवारी चालकहरूले दिएका छन्।

डिब्बा चालक जङ्गबहादुर तामाङले वर्षायाममा समस्या हुने स्थानहरूमा रोलर प्रयोग गरी सम्याउन सके हिउँदमा सवारीसाधन चलाउन सहज हुने सुझाव दिएका छन्। तर, सडक अधिकारीको न्यून उपस्थितिले समस्या समाधानमा प्रभावकारी काम हुन नसकेको स्थानीयले बताए।

उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी

0

काठमाडौँ :नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोर्टर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन र लगानी विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजित कार्यक्रमको दौरान महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमाका अध्यक्ष वुवाङ्ग कुवान किमले समझदारीपत्रमा हस्ताक्षर गरे। कोइमा, दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र त्यहाँ उत्पादन नहुने सामग्री आयात गर्ने उद्देश्यले स्थापना भएको संस्था हो, जसले औद्योगिक वातावरण प्रवर्द्धन गर्दै सर्वसाधारणलाई सामग्री सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

महासङ्घले कोइमासँगको सहकार्यले नेपाली उत्पादनलाई दक्षिण कोरियामा विस्तार गर्न मद्दत पुग्ने विश्वास लिएको छ। यसले नेपाल र कोरियाबीचको व्यापार घाटा कम गर्ने अपेक्षा गरिएको छ, जुन हाल करिब रु सात अर्ब बराबर रहेको छ।

हाल नेपालबाट फेल्ट, गलैंचा, धागो जस्ता परम्परागत सामान कोरियामा निर्यात भइरहेकामा कोइमासँगको सहकार्यले औद्योगिक कच्चा पदार्थ र अन्य सामग्रीको बजारसमेत खोज्न मद्दत पुर्‍याउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध थप सुदृढ गर्न विशाल सम्भावना रहेको बताए।

सोही अवसरमा सोलस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ विषयक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी थिए। अध्यक्ष ढकालले कार्यक्रममा नेपालका ऊर्जाशील युवा जनशक्ति, प्राकृतिक स्रोत र ठूला बजारसँगको नजिकाइ कोरियाली लगानीकर्ताहरूका लागि आकर्षक हुने बताए।

ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि गरिएका सुधारबारे जानकारी गराउँदै, महासङ्घको सक्रिय संलग्नतामा हालै भएका प्रगतिहरूको चर्चा गरे। सरकारद्वारा लगानीसम्बन्धी आठ कानुन संशोधन गरिएको र द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गरिएको उल्लेख गर्दै, उनले विदेशी लगानी सहज बनाउन चालिएका कदमहरूबारे जानकारी दिए।

नेपालका अनुकूल आर्थिक सूचकाङ्कहरूबारे जानकारी गराउँदै ढकालले नेपालको विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर पुगेको र पहिलोपटक नेपालले क्रेडिट रेटिङ प्राप्त गरेको जानकारी दिए। उनले नेपालको क्रेडिट रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको बताए।

कार्यक्रमको क्रममा ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न आह्वान गर्दै महासङ्घको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको प्रतिबद्धता जनाए।

१५ वर्षमा रोजगारी खाेज्दै विदेश गएका १४ हजार बढीको मृत्यु

0

काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको ज्यान गएको हो।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो विवरण सार्वजनिक गरेको हो। डिसेम्बर १६ देखि २२ सम्म साताव्यापी कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको छ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार, बोर्ड स्थापनापछिको अवधिमा गम्भीर बिरामी र अङ्गभङ्ग भएर फर्किएका ३ हजार ४ सय ४० श्रमिकले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाएका छन्। नेपालका नागरिक १११ मुलुकमा आप्रवासी श्रमिकका रूपमा गएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्रतिवेदन, २०२४ अनुसार विश्वभर २८.१ करोड मानिस आप्रवासी छन्, जसमा १६.९ करोड आप्रवासी श्रमिक छन्। आप्रवासी श्रमिकका अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९० मा महासन्धि पारित गरी सन् २००३ देखि लागू गरेको छ। यसै कारण हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ।

नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाजलगायत विभिन्न निकायको सहकार्यमा मनाइन्छ। वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप, र अनुभवलाई अधिकतम उपयोग गर्न सरकारले नीति तय गरेको श्रम मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीमा सरकारको प्रयास

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन कानुन परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकन, थप गन्तव्य मुलुकसँग सम्झौता, रिटर्नी उद्यमशीलता कार्यक्रमजस्ता प्रावधानहरू समावेश गरिएको छ।

आव २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५% ले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो विप्रेषणले श्रमिकका परिवारहरूको आर्थिक जोखिम कम गर्न र नेपालको अर्थतन्त्रलाई सहयोग पुर्‍याएको छ।

चेतना अभिवृद्धि र व्यवस्थापनको आवश्यकता

मन्त्रालयका उपसचिव वसन्त बोहराले आप्रवासी नीति परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने कार्य भइरहेको बताएका छन्। अर्का उपसचिव महेश पराजुलीका अनुसार ९८.९% विप्रेषण औपचारिक च्यानलमार्फत आएको छ। समस्यामा परेका श्रमिकको सङ्ख्या न्यून रहेको र कमाएको रकम आयआर्जनमा लगाउन प्रोत्साहन र सचेतना आवश्यक रहेको उनको भनाइ छ।

स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकाले राहदानी, सीप तालिम, अभिमुखीकरणलगायत प्रक्रिया सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसले अन्तर्राष्ट्रिय आप्रवासी दिवसको महत्वलाई स्थानीयस्तरसम्म पु¥याएको श्रम मन्त्रालयले जनाएको छ।

क्यालिफोर्नियामा एक नेपाली हराए

0

क्यालिफोर्निया: पिट्स्बर्ग, क्यालिफोर्निया निवासी Delta-X का सदस्य समेत रहेका निरज श्रेष्ठ नाम गरेका एक नेपाली केही दिनदेखि हराइरहेका छन्। ४ महिनाअघि मात्र घर किन्न सफल निरज श्रेष्ठ कि पत्नी र छोरी अत्यन्त व्याकुल अवस्थामा छन् । सो खबरले उत्तर क्यालिफोर्नियाका नेपाली समुदायमा पनि चिन्ता छाएको छ। यस क्षेत्रका समाजसेवी तथा अगुवाहरू विभिन्न उपायहरु खोज्दै निज श्रेष्ठको पत्तो लाउने प्रयासमा छन। हालै डिसेम्बर १८, २०२४ का दिन NRNA ICC मेम्बर उत्तम कार्कीको सक्रियता साथै त्यस क्षेत्रको स्थानीय संस्था डेल्टाका पदाधिकारी तथा सदस्याहरू खटिरहेको समाचार छ। डेल्टा का सुवास शाह, दिपक अधिकारी, मनोहरा थापा, सुर्य शर्मालगायतको एक प्रतिनिधि मण्डल पिट्सबर्ग पुलिस कार्यालयमा गई श्रेष्ठको खोजी गर्न अनुरोध गरेको छ। टोलीको भनाइअनुसार पिट्सबर्ग पुलिसले सकारात्मक जबाफ दिएको छ। निज श्रेष्ठको मिडिया र विभिन्न उपाय मार्फत खोजी कार्यलाई तीव्रता दिने भएको छ। पिट्सबर्ग पुलिसले २ जना डिटेक्टिभलाई समेत परिचालन गरेको छ। उत्तर क्यालिफोर्नियाका नेपाली समाजद्वारा सम्पूर्ण समुदायमा निरज श्रेष्ठको खोजीकार्यमा सहयोग पुर्याउन आव्हान गरिएको छ। कसैले निज निरज श्रेष्ठको बारे जानकारी प्राप्त गर्नुभएमा तल उल्लेखित व्यक्तिहरुलाई सुचित गर्न अथवा सिधै पिट्स्वर्ग पुलिसलाई सुचित गर्न अनुरोध गरिएको छ। हराएका व्यक्तिको परिवारले यस प्रयासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सबै कम्युनिटीका अगुवागण तथा संघ संस्थाहरुलाई खोजीकार्यमा सघाउन हार्दिक अपिल गरेको छ।

कसैले निज निरज श्रेष्ठको बारे जानकारी प्राप्त गर्नुभएमा निम्न व्यक्तिहरूलाई सम्पर्क गर्नुहोला:
उत्तम कार्की 510-620-4397-NRNA ICC
सुवास शाह 415-813-8951 -DeltaX
दिपक अधिकारी- 925- 207- 6156 – DeltaX
मनोहरा थापा बोगटी- 510-620- 4477- DeltaX


यस्तो हुनेछ आज बिहीबार देशभरको मौसम

0

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको लागेको छ।

दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति भने हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

0

त्रिवेणी (नवलपरासी): कुनै समय दुर्गम मानिएको सर्दी क्षेत्र दुम्किबास–सर्दी कालोपत्रे सडकले जोडिएपछि अब सुगम बनेको छ। विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको यो सडकले घण्टौँको कठिन यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गरेको छ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार दशकौँदेखिको सडक समस्या समाधान भएपछि अन्य विकासका गतिविधि पनि तीव्र भएका छन्। “दुम्किबास–डाँडाजोर–सिद्रे हुँदै कोल्टाडी जोड्ने झन्डै १४ किलोमिटर लामो सडकलाई कालोपत्रे बनाइएको छ। दशकौँदेखि निर्माण हुन नसकेको यो सडक चुनावी प्रतिबद्धता पूरा गर्दै सम्पन्न भएको छ। अब सर्दीसम्मको यात्रा केही समयमै सहजै सम्भव छ,” उहाँले बताउनुभयो।

पालिकाका इन्जिनियर शम्भु केसीले झन्डै रु १७ करोडको लागतमा यो सडक स्तरोन्नति भएको जानकारी दिनुभयो। उहाँका अनुसार यो सडकले स्थानीय बासिन्दाको जनजीवनलाई सहज बनाउनुका साथै अन्य गतिविधिमा पनि उल्लेखनीय वृद्धि गरेको छ।

स्थानीय विष्णुमाया भुजेलले सडक निर्माणपछि वर्षौँदेखिको दुःख अन्त्य भएको बताउनुभयो। “पहिले घण्टौँ पैदल हिँड्नुपर्थ्यो। बिरामी पर्दा समयमै अस्पताल पुग्न नसक्दा ज्यानै जाने घटना हुन्थ्यो। अहिले भने सडकले हाम्रो जीवनमा धेरै सुविधा थपेको छ,” उहाँले अनुभव साझा गर्नुभयो।

यो सडकले विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई विशेष रूपमा लाभ पुर्‍याएको छ। मुख्य रूपमा वडा नं ३, ४ र ५ का स्थानीयलाई दुम्किबाससम्म पुग्न सहज भएको छ। अब सर्दी–दुम्किबास यात्रा २० मिनेटमै पूरा हुने भएको छ।

गाउँपालिका अध्यक्ष गिरीले सडक विकासलाई अन्य गतिविधिको आधार मानेर प्राथमिकताका साथ यो परियोजना सम्पन्न गरिएको बताउनुभयो। “पालिकाको महत्वपूर्ण लक्ष्य पूरा भएको छ। आगामी दिनमा सबै वडालाई राजमार्ग र पालिकासँग सुविधासम्पन्न सडकले जोड्ने योजना कार्यान्वयन गर्दैछौँ,” उहाँले जानकारी दिनुभयो।

गाउँपालिका उपाध्यक्ष भगवती वैदवारका अनुसार सडक कालोपत्रे भएपछि सर्दी क्षेत्रबाट राजमार्गसम्मको पहुँच सजिलो भएको छ। कष्टकर जीवन सामान्य बन्दै गएको उल्लेख गर्दै, उहाँले यो सडकले करिब तीन दर्जन गाउँका बासिन्दाको यात्रा सहज गर्नुका साथै कृषिउपजको बजारीकरणमा समेत सहयोग पुर्‍याएको बताउनुभयो। यस सडकले विनयी त्रिवेणी मात्र नभई पूर्वी पाल्पाका स्थानीयलाई पनि फाइदा पुर्‍याएको छ।

हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

0

गण्डकी: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार आगामी माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्टलगायत काम करिब छन् ।

विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन । समयमा काम नभएपछि आउँदो चैतसम्मलाई म्याद थप गरिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम तीव्रगति अगाडि बढाएका जनाइएको छ ।

यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोसित छन् । त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने बताउनुभयो । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन् ।