Sunday, June 28, 2026
Home Blog Page 506

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

0

काठमाडौँ: विसं २०३३ मा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका सुरेन्द्रराज आचार्य हाल प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री समेत रहनुभएका आचार्य कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री हुनुहुन्छ । कपिलवस्तु जिल्ला सभापति हुँदै २०६९ मा संविधानसभा सदस्य बन्नुभएका उहाँ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–२ बाट ३९,०१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

राससका लागि सुशील दर्नालसँग कुराकानी गर्दै सांसद आचार्यले भ्रष्टाचार, रोजगारी, सङ्घीयता र विकासका विविध पक्षमा विचार राख्नुभयो ।

भ्रष्टाचारको अन्त्य प्राथमिकता
सांसद आचार्यले भ्रष्टाचारलाई देशको रोगको रुपमा चित्रण गर्दै यसको अन्त्य आवश्यक रहेको बताउनुभयो । स्थानीय तहदेखि केन्द्रसम्मको शासन प्रणालीमा भ्रष्टाचार व्याप्त भएकाले तीनै तहको सरकार मिलेर सुशासन कायम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा निराशा बढेको छ । यसले राजसंस्थाप्रतिको मोह होइन, नेताहरुको व्यवहारप्रतिको असन्तुष्टि देखिएको हो ।”

रोजगारी सिर्जनामा जोड
युवाशक्ति पलायन समस्याबारे टिप्पणी गर्दै सांसद आचार्यले देशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “देशभित्र रोजगारीका अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएका छन्,” उहाँले भन्नुभयो, “शिक्षामा सुधार, उद्योग स्थापना र पर्यटन विकासमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ ।” उहाँले पर्यटनको सम्भावना रहेका स्थानहरूमा पूर्वाधार विकास गरेर युवालाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनमा समस्या
संविधान संशोधनको आवश्यकता औंल्याउँदै सांसद आचार्यले सङ्घीयता कार्यान्वयनमा कानुनी जटिलता रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रदेशस्तरमा आवश्यक कानुन बन्न नसक्दा अधिकारको दोहोरोपन देखिएको छ । निजामति प्रशासन र प्रहरी व्यवस्थापन, कर्मचारी सरुवा लगायतका विषयमा स्पष्टता नहुनु समस्याको जड भएको उहाँको भनाइ छ ।

संविधानप्रति जनताको भावना बुझ्नुपर्ने
सांसद आचार्यले संविधानप्रति जनतामा वितृष्णा नफैलियोस् भन्नका लागि समयसापेक्ष संशोधन आवश्यक रहेको बताउनुभयो । “जनताको चाहना अनुसार कानुन, नीति नियम निर्माण गरिएन भने निराशा बढ्दै जान्छ,” उहाँले भन्नुभयो, “जहाँ समस्या छ, त्यहाँ सुधार गर्न सके मात्रै संविधानप्रति जनताको विश्वास कायम रहन्छ ।”

कपिलवस्तुको समस्या र सम्भावना
कपिलवस्तुमा उद्योगधन्दा सीमित रहेकाले कृषि नै मुख्य पेशा रहेको सांसद आचार्यले बताउनुभयो । उहाँले सिँचाइ र मलखादको समयमै उपलब्धता, जमिनको चक्लाबन्दी, तारबारको व्यवस्था जस्ता कुराले कृषि उत्पादन बढाउन सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “किसानको खेत टुक्राटुक्रा हुँदा सिँचाइको लाभ लिन सक्दैनन् । चक्लाबन्दीको व्यवस्था भएमा किसान कृषिप्रति आकर्षित हुन्छन् ।”

अबको ध्यान—जनताको आधारभूत समस्या समाधानतर्फ
सांसद आचार्यले अबको योजना सडक, पुल निर्माण, शिक्षा र स्वास्थ्यजस्ता जनताको प्रत्यक्ष सरोकारका क्षेत्रमा केन्द्रित रहने जानकारी दिनुभयो । उहाँले रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै किसानका समस्या संसद्मा निरन्तर उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

म्याग्दीमा रु २१ करोडभन्दा बढीको लागतमा आठ नदी संरक्षण योजना सञ्चालन

0

म्याग्दी: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमार्फत चालु आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी जिल्लामा कुल रु २१ करोड ५४ लाखको लागतमा आठ वटा नदी संरक्षण योजना कार्यान्वयनमा आएका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, कास्कीमार्फत म्याग्दी र कालीगण्डकी नदीको कटान जोखिममा रहेका बस्तीहरूको संरक्षणका लागि यी योजना अघि बढाइएको हो।

आयोजना प्रमुख विदुर श्रेष्ठका अनुसार तीन योजना निर्माणाधीन अवस्थामा छन् भने पाँच योजना ठेक्का प्रक्रियामा छन्। बेनी, सिङ्गा, तातोपानी, दरवाङ लगायतका क्षेत्रमा पर्ने म्याग्दी र कालीगण्डकी नदी किनारका जोखिमयुक्त बस्तीहरूमा बाढी नियन्त्रणका लागि यस्ता संरचना निर्माण गरिँदैछ।

बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माविको पछाडि म्याग्दी नदी किनारमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन मिटर उचाइ भएको पल्म तथा ग्याबियन पर्खाल निर्माण भइरहेको छ। करिब रु १ करोड ५५ लाखको लागतमा निर्माण भइरहेको यो योजना आगामी जेठ २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनीयर नरजङ गुरुङले जानकारी दिनुभयो।

यसैगरी, उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका–६ दरवाङस्थित म्याग्दी नदी किनारमा रु ७० लाखको लागतमा कम्पोजिट पर्खाल निर्माण भइरहेको छ। त्यस्तै, बेनी–४ स्थित सिङ्गा र सुर्केमेलामा पनि नदी कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण कार्य जारी छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र दरवाङ बसपार्क जस्ता महत्वपूर्ण संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजिट पर्खाल निर्माणको योजना तयार पारिएको छ, जसको अनुमानित लागत रु ६ करोड १८ लाख रहेको छ। अहिले यो योजना ठेक्का प्रक्रियामा छ।

तातोपानी बजार संरक्षणको दोस्रो चरणअन्तर्गत एक सय दुई मिटर लामो कम्पोजिट पर्खाल निर्माणका लागि रु ३ करोड ८१ लाखको लागत अनुमान गरिएको छ, र यो योजना ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

कुश्मा नगरपालिका–४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेत क्षेत्रको कालीगण्डकी नदी किनारमा रु ५ करोडको लागत अनुमान गरिएको संरक्षण योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको छ। दुवै स्थानमा ४८÷४८ मिटर लम्बाइको कम्पोजिट पर्खाल निर्माण गरिनेछ।

यस्तै, जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा, बेनीको कालीपुल पारीमा ८० मिटर लामो कम्पोजिट पर्खाल निर्माणका लागि रु २ करोड ८० लाखको लागतमा योजना सञ्चालनको तयारी भइरहेको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पछिल्ला पाँच वर्षयता बेनी र वरपरका क्षेत्रमा नदी कटान नियन्त्रणमा केन्द्रित रही संरचना निर्माण गर्दै आएको जनाएको छ।

कोरला सडक सहज बन्दै जाँदा पोखरा–जोमसोम हवाई उडान दुईतिहाइले घट्यो

0

मुस्ताङ: राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज र सुलभ बन्दै जाँदा पोखरा–जोमसोम हवाई उडानको संख्या झण्डै दुईतिहाइले घटेको छ। एक समय दैनिक १८ वटा उडान हुने जोमसोम विमानस्थलमा अहिले ५–६ वटामात्रै उडान भइरहेका छन्।

पर्यटकीय याममा चहलपहल हुने जोमसोम विमानस्थलमा अहिले यात्रुको चाप घटेको देखिन्छ। हिमाली जिल्ला मुस्ताङमा बिहानको समयमा मात्रै टुइनटर जस्ता साना जहाजले उडान भरिरहेका छन्। तर अहिले बिहान विमानस्थल पुग्दा सीमित यात्रुबाहेक अन्य कोही देखिँदैनन्।

सडक विस्तारले हवाई यातायात घटायो
पोखरा–जोमसोम मार्गमा पहिले दैनिक ३०० भन्दा बढी पर्यटक हवाईमार्गबाट आउने गर्दथे। तर अहिले उक्त संख्याको आधा पनि पुगेको छैन। मुख्य कारण हो—बेनीदेखि मुक्तिनाथसम्मको कच्ची सडकको अधिकांश भाग कालोपत्रे भइसकेको र सडकमार्गको सुविधा बढ्नु।

जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख केशव लम्सालका अनुसार, “कोरला सडक स्तरोन्नति हुनु अघि यहाँ दैनिक १८ वटासम्म उडान हुन्थ्यो। अहिले सडकमार्ग सहज भएपछि पर्यटकले सोही माध्यम रोज्न थालेका छन्।”

सस्तो र सहज सडकमार्ग रोज्दै पर्यटक
ट्राभल एजेन्सी तथा एअरलाइन सञ्चालकका अनुसार, धेरै पर्यटकले अब एकतर्फी हवाई टिकट लिएर फर्कने बेला सडकमार्ग प्रयोग गरिरहेका छन्। तारा एअरका जोमसोम व्यवस्थापक सुजन लालचनले भने, “पहिले टिकट माग धान्न हम्मेहम्मे पर्थ्यो, अहिले यात्रु नआएर जहाज खाली फर्काउनु पर्ने अवस्था आएको छ।”

समिट एअरका जोमसोम व्यवस्थापक सुमन थकालीले भने, “अहिले अधिकांश नेपाली पर्यटक र स्थानीयवासी पोखरा फर्किँदा सडकमार्ग रोज्ने गर्छन्। ट्राभल एजेन्सीले पनि टिकट बुकिङ गरेपछि यात्रुलाई गाडीमा पठाउँछन्, जसले गर्दा उनीहरूले आधा भाडा बचत गर्छन्।”

हवाई सुरक्षाको चुनौती र टिकट मूल्यको असमानता पनि कारण
पोखरा–जोमसोम हवाई मार्गमा आधा दर्जनभन्दा बढी दुर्घटना भइसकेकाले नागरिक उड्यन प्राधिकरणले थप निगरानी र कडा नियम लागू गरेपछि उडान संख्या घटेको बताइएको छ।

त्यस्तै, हवाई टिकट मूल्यमा असमानता रहेको गुनासो पनि रहँदै आएको छ। विदेशी पर्यटकले नेपालीको तुलनामा दोब्बर/तेब्बर भाडा तिर्ने अवस्था हुँदा एयरलाइन्स कम्पनीहरूले स्वदेशी यात्रु उपेक्षा गर्ने गरेको गुनासो छ। अत्यावश्यक अवस्था—जस्तै दुर्घटना वा बिरामी परेको खण्डमा मात्र नेपाली यात्रुलाई अस्पतालको सिफारिसमा टिकट दिइन्थ्यो।

यात्रुको अनुभव परिवर्तन
पहिले पोखरा–जोमसोम हवाई यात्राका लागि नेपाली यात्रुलाई धेरै संघर्ष गर्नुपर्थ्यो। अहिले भने सडकको विकल्प खुलेपछि यात्रा सजिलो र सुलभ भएको छ। पोखराबाट गाडी सजिलै पाइने, भाडा सस्तो हुने र समयमै गन्तव्यमा पुग्न सकिने भएकाले पर्यटक, कर्मचारी, सुरक्षाकर्मी र मजदुर समेत सडकमार्ग रोज्न थालेका छन्।

अन्तिम मिनेटको गोलले चितवन र झापा बीचको खेल बराबरीमा टुङ्गियो

0

काठमाडौँ: दोस्रो हाफको अतिरिक्त समयमा गोल खान पुगेपछि एफसी चितवनले नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा झापा एफसीसँग अंक बाँड्न बाध्य भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो।

खेलको २८औँ मिनेटमा टेरिक जेब्रनले गरेको गोलमार्फत चितवनले अग्रता लिएको थियो। तर, खेलको अन्त्यतिर झापाका अलहाजी गिरोले इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए।

यो बराबरीसँगै तालिकाको शीर्ष स्थानमा रहेको एफसी चितवनले तीन खेलबाट सात अंक बनाएको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको थियो।

झापा एफसीको पनि तीन खेलबाट तीन अंक भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो।

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे

0

काठमाडौँ: सभामुख देवराज घिमिरेले नेपालले सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण राजनीतिक रूपान्तरणको क्षेत्रमा हासिल गरेको सफलतालाई विश्वका लागि उदाहरणीय बताएका छन्। उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका सङ्घ (IPU) को १५०औँ सभामा नेपालको तर्फबाट सम्बोधन गर्दै उनले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक समझौतामार्फत अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको स्मरण गराए।

सभामुख घिमिरेले नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैङ्गिक तथा जातीय समावेशिताको ग्यारेन्टी गरिएको बताए। राष्ट्रपति र उपराष्ट्रपतिलाई फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने प्रावधान र संसद्का दुवै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था अन्तर्राष्ट्रिय स्तरमै अनुकरणीय रहेको उनले बताए।

‘सामाजिक विकास र न्यायका लागि संसदीय कार्य’ शीर्षकमा धारणा राख्दै सभामुखले संसद्लाई सामाजिक परिवर्तनको मुख्य उपकरणका रूपमा प्रस्तुत गरे। “नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत संसद्ले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,” उनले बताए।

सभामुख घिमिरेले संसदीय कूटनीति र अन्तरराष्ट्रिय सहकार्यको माध्यमबाट गरिबी, द्वन्द्व र जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग सामाना गर्न सकिने विश्वास व्यक्त गरे। साथै, संसद्मार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गको सशक्त प्रतिनिधित्व र संसदीय पारदर्शिताको अभ्यास नेपालको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए।

नेपालको १६औँ पञ्चवर्षीय योजनाको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले विशेष प्राथमिकता दिएको जानकारी गराए।

सभामुख घिमिरेले जलवायु परिवर्तनलाई नेपालका लागि सबैभन्दा गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै प्राकृतिक विपत्तिहरूले लाखौँ नागरिकको जीवन प्रभावित पारिरहेको बताए। उनले हरित ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तरराष्ट्रिय सहकार्यको सन्दर्भमा नेपालको सक्रियता उल्लेख गरे।

उनले आगामी मे १६–१८ मा नेपालमा आयोजना हुने ‘सगरमाथा संवाद’बारे जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय बहसको तयारी भइरहेको जनाए।

सम्बोधनको अन्त्यमा सभामुख घिमिरेले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका मूल्यहरू आत्मसात् गर्दै साझा, न्यायसङ्गत, समावेशी तथा दिगो भविष्य निर्माणमा नेपाल प्रतिबद्ध रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिए।

आज देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

0

काठमाडौं: देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस कारण देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

त्यस्तै, ती प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको छ।

रातिको समयसम्म देशभर आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ।

देशका धेरै स्थानमा हाल वर्षाको सम्भावना न्यून रहेकाले सुख्खापन, आगलागी र वायू प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ। यसले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

स्वास्थ्यमन्त्री पौडेल न्यूयोर्कमा

0

वासिङ्टन डिसी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोग (UN Commission on Population and Development) को ५८औं सभामा सहभागी हुन आइतबार न्यूयोर्क पुगेका छन्।

न्यूयोर्क आगमनमा मन्त्री पौडेललाई संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत टोलीमा जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्ट र महासचिव मुनेन्द्र नेमवाङ पनि उपस्थित थिए।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका अनुसार मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकहरूमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने कार्यक्रम रहेको छ।

कानुनसहित तीन समितिको बैठक बस्दै

0

काठमाडौं: संघीय संसदका तीन वटा समितिको बैठक आज सिंहदरबारमा बस्ने भएका छन्। कानुन, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, र महिला तथा सामाजिक मामिला समितिले छुट्टाछुट्टै समयमा बैठक आयोजना गरेका हुन्।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको मानवअधिकार अवस्थाबारे स्थलगत अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक बिहान ११ बजे तय गरिएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा अर्थ मन्त्रालयसँग परामर्श र छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक भने दिउँसो ३ बजे बस्नेछ। यस बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

काठमाडौँ वायु प्रदूषणमा विश्वकै दोस्रो प्रदूषित सहर

0

काठमाडौँ: राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ। आईक्यू एयरको बिहान ७:३० बजे गरिएको मापनअनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ।

आज काठमाडौँको हावाको गुणस्तर सूचकांक (एक्यूआई) २३० मापन गरिएको छ, जुन स्तर ‘अस्वस्थकर’ श्रेणीमा पर्छ। काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डभन्दा ३१ गुणा बढी पाइएको छ।

हाल विश्वकै सबैभन्दा प्रदूषित सहर भारतको राजधानी नयाँ दिल्ली रहेको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर परेको छ।

त्यसपछि शीर्ष १० प्रदूषित सहरहरूको सूचीमा क्रमशः भियतनामको हानोई, चीनका बेइजिङ र ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेका छन्।

सरकारको दबाबमा रविलाई छिटो थुन्न न्यायाधीशले गरे सन्दीप लामिछानेको फैसला कपी पेस्ट गरे

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने विषयमा न्यायिक निकायभन्दा बढी सरकार आफैं हतारिएको संकेत देखिएको छ। यही हतारोको परिणामस्वरूप न्यायाधीश र प्रहरी अधिकारीहरूबाट गल्ती भएको आरोपसमेत लागेको छ।

उच्च अदालत बुटवलमा लामिछानेको पुनरावेदनमाथि शुक्रबार सुनुवाइ सकिएपछि तुरुन्तै आदेश जारी गर्न न्यायाधीशहरूमाथि दबाब परेको कुरा लिखित आदेशबाटै प्रस्ट हुन्छ। आदेश तयार गर्ने क्रममा न्यायाधीश रमेश ढकालले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडिएको पाटन उच्च अदालतको पुरानो आदेश कपिपेस्ट गरेको देखिएको छ। दुई फरक मुद्दामा, फरक व्यक्तिहरूका लागि दिइएका आदेशहरूमा उल्लेख भएका पृष्ठ ४ देखि ८ (रवि प्रकरण) र ५ देखि १५ (सन्दीप प्रकरण) का सामग्रीहरू हुबहु मिल्न गएको हो।

यस्तो कपिपेस्ट आदेशले न्यायाधीशसँग नयाँ आदेश लेख्ने समय नपुगेको र पुरानो आदेश सम्पादन गरेर नयाँ आदेश बनाइएको दाबीलाई बलियो बनाएको छ। स्रोतका अनुसार रविको मुद्दा सुनुवाइपछि आदेश लेख्न प्रयोग भएको पेनड्राइभमा सन्दीपको पुरानो आदेशको ‘सफ्ट कपी’ थियो, जसलाई सम्पादन गरेर प्रयोग गरिएको भनिएको छ।

यसबाहेक, रविलाई आदेश आएको दिनमै पक्राउ गरेर थुनामा राखिएकोमा असन्तुष्टि व्यक्त भएको छ। केहीले प्रहरी बिना पक्राउ पुर्जी पक्राउ गर्न गएको दाबीसमेत गरेका छन्। तर वरिष्ठ अधिवक्ता रामनारायण बिडारीका अनुसार तल्लो अदालतले पूर्वमा पक्राउ पुर्जी जारी गरिसकेपछि नयाँ पुर्जी आवश्यक नपर्ने बताउँछन्।

यद्यपि रविको मामिलामा देखिएको हतारो र सत्तासँग जोडिएका नेताहरूका मुद्दामा देखिएको ढिलासुस्तीबीचको भिन्नताले सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप उठेको छ। सत्ता साझेदार कांग्रेसका उपसभापति धनराज गुरुङलाई सामान्य सोधपुछपछि छोडिएको र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नै नहुनुले सरकारको नियतमाथि प्रश्न खडा भएको छ।

रविसहित संलग्न भनिएको सहकारी ठगी प्रकरणमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविले संलग्न कम्पनीमार्फत सहकारीको रकम अपचलन गरिएको भन्दै कारबाही सिफारिस गरेको थियो। त्यसबेला संयोजक थापाले “सञ्चालक भएपछि आफ्नो कम्पनीमा पैसा कहाँबाट आयो भन्ने थाहा हुनुपर्दैन?” भनेर प्रश्न उठाएका थिए।

तर सत्तासीन नेताहरूका श्रीमतीहरू संलग्न ठगीका घटनामा सोही मापदण्ड प्रयोग नगरिनुले दोहोरो मापदण्ड देखिएको आरोप लागेको छ। श्रीमतीले ठगी गरेपछि त्यो पैसा घरमै आउँछ—भनेपछि घरको प्रमुख सदस्यले कहाँबाट पैसा आयो भन्ने नबुझ्नु अनौठो होइन त? सूर्य थापाकै भनाइ अनुसार यो प्रश्न सरकार आफैंले जवाफ दिन सक्नुपर्ने अवस्था आएको छ।