Sunday, June 28, 2026
Home Blog Page 507

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

0

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ ० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा र बिक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

0

बुटवल: अर्घाखाँचीमा आइतबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

मालारानी गाउँपालिका–३ स्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा परेर चालक दिलीप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले पुष्टि गरे।

दुर्घटनामा मालारानी गाउँपालिका–४ का वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएका छन्। उनीहरूको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउथ स्टार श्रीनिवास भन्छन्, ‘नेपालझैँ नेपाली सुन्दर छन्’

0

काठमाडौं: दक्षिण भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपालीको सौन्दर्य, सत्कार र संस्कृतिप्रति गहिरो प्रशंसा व्यक्त गरेका छन्।

दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’ को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने, “नेपाल आउन चाहेर पनि आउन पाएको थिइनँ। तर कामको सिलसिलामा आएको यो पहिलो भ्रमणमा पाएको मायाले मलाई मुग्ध बनाएको छ।”

उनका अनुसार चलचित्रको कथा नेपालसँग जोडिएकाले यहीं आएर छायाङ्कन गर्ने निर्णय गरिएको हो। “यस फिल्ममार्फत नेपाली कलाकार र दक्षिण भारतीय फिल्म उद्योगबीचको सहकार्य अझै मजबुत हुनेछ,” श्रीनिवासले बताए।

द्वन्द्वप्रधान यस चलचित्रका लागि पोखराबाट सुरु गरिएको छायाङ्कन हाल काठमाडौंमा भइरहेको छ। अभिनेता श्रीनिवासले नेपाली खानाको समेत प्रशंसा गर्दै, “यहाँका परिकारले मलाई लोभ्याएको छ। सगरमाथा हेर्न मन छ तर यो पटक सम्भव हुने जस्तो छैन। तर पशुपतिनाथको दर्शन गरेर फर्कने योजना छ,” भने।

सन् २०१४ मा तेलुगु चलचित्र ‘अल्लुडु सीनु’ बाट अभिनय यात्रा सुरु गरेका श्रीनिवासले अहिलेसम्म १० चलचित्रमा अभिनय गरिसकेका छन्। हाल ‘टाइसन नाइडु’ सहित उनका तीन फिल्महरू छायाङ्कनको क्रममा छन्।

उक्त चलचित्रमा नेपाल प्रहरीको भूमिकामा देखिन लागेका नेपाली अभिनेता किरण श्रेष्ठले दक्षिण भारतीय फिल्ममा काम गर्ने अनुभव नयाँ र रोमाञ्चक रहेको बताए। “अघिल्लोपटक उत्तर भारतीय वेब शृङ्खलामा काम गरेको थिएँ। तर दक्षिण भारतीय टोलीसँगको काम अझै व्यावसायिक, सुव्यवस्थित र भव्य देखिएको छ,” श्रेष्ठले भने।

श्रेष्ठ ‘IC 814’ नामक भारतीय वेब सिरिजमा पनि काम गरिसकेका छन्। ‘टाइसन नाइडु’ को छायाङ्कन विगत एक वर्षदेखि भारतमा विभिन्न तालिकामा हुँदै आएको हो। कथा नेपालसँग जोडिएको हुनाले केही दृश्यहरू नेपालमा खिचिन लागेका हुन्। कलाकार तथा टोलीको नेपाल बसाइबारे भने निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन।

“एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन नै वैधानिक : महेश श्रेष्ठ”

0

काठमाडौं: गैर-आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता महेश श्रेष्ठले एनआरएनए उच्चस्तरीय समितिबाट आह्वान गरिएको महाधिवेशन मात्र वैधानिक हुने स्पष्ट गरेका छन्।

टोकियोमा एनआरएनए एनसीसी जापानद्वारा आयोजित अन्तरक्रियामा सम्बोधन गर्दै श्रेष्ठले प्रारम्भमा आफू पनि अन्योलमा रहेको तर कानुनविद्हरू, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय, मन्त्रीहरू तथा उच्च अधिकारीहरूसँग परामर्श गरेपछि निष्कर्षमा पुगेको बताए।

“सर्वोच्च अदालतको परमादेशअनुसार उच्चस्तरीय समितिले आयोजना गर्ने महाधिवेशन नै वैधानिक हो भन्ने निष्कर्षमा म पुगेको छु,” उनले भने, “पहिलो फैसलाको पालना गर्दै निर्वाचन गर्नु नै कानुनी प्रक्रिया हो भन्नेमा म स्पष्ट छु। हामीले बद्रीजी पक्षलाई पनि समेट्ने प्रयास गर्‍यौं, तर त्यो सम्भव देखिँदैन। अधिवेशन सर्ने सम्भावना पनि न्यून छ। अब अधिवेशन हुन्छ नै। आफैंले फैसलाको व्याख्या गरेर आफैंलाई वैधानिक भन्न मिल्दैन।”

श्रेष्ठले सर्वोच्च अदालतका अघिल्ला निर्णयहरूसमेत स्मरण गराउँदै निर्णयलाई अक्षरशः पालना गर्नुको विकल्प नभएको बताए। “प्रधानमन्त्री हटाइएको, भंग संसद् पुनःस्थापित गरिएको नजिर हाम्रो सामु छ। यदि अहिले एकता सम्भव भएन भने पनि मे महिनामा अधिवेशन गरेर त्यसपछि प्रयास गर्न सकिन्छ। तर, सहमति नभए एनआरएनएको अस्तित्व नै संकटमा पर्न सक्छ,” उनले चेतावनी दिए।

मध्यमार्गी धारका नेताका रूपमा चिनिने श्रेष्ठले हालको विवादास्पद अवस्थाप्रति सबै चिन्तित रहेको भन्दै एकताको लागि आफूले निरन्तर प्रयास गरेको बताए। तर, “एकता संविधानसम्मत र कानुनी रूपमै हुनुपर्छ,” भन्नेमा उनले जोड दिए।

उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५, २०२५ सम्म काठमाडौंमा एकता महाधिवेशन आयोजना गर्ने मिति घोषणा गरिसकेको छ। समितिले इच्छुकहरूलाई आगामी सोमबार, अप्रिल ७ (नेपाल समय अनुसार राति १२ बजेअघि) सम्म समितिको वेबसाइट (www.nrnahlc.com) मा गई सदस्यता आवेदन दिन आग्रह गरेको छ। त्यस्तै, डेलिगेट्स बन्ने आवेदन पनि सोही वेबसाइटमार्फत मात्र दिन सकिने समितिले स्पष्ट पारेको छ।

रास्वपाको जनयात्रा अभियान सुरु, रविमाथि राज्यले अन्याय गरेको टिप्पणी

0

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा अभियान’को औपचारिक सुरुवात चितवनबाट गरेको छ। शनिबार रास्वपाका शीर्ष नेताहरूले कार्यक्रमस्थलमा अभियानको घण्टी बजाएर शुभारम्भ गरेका हुन्।

पार्टी सभापति रवि लामिछानेले जनयात्रा शुभारम्भमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भए पनि उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि अन्य नेताहरूले सम्बोधन गर्दै अभियान अघि बढाएका थिए।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले नियोजित रूपमा अन्याय गरेको आरोप लगाउँदै भने, “उच्च अदालतको आदेश जिल्ला अदालतमा नपु¥याई बदला लिने उद्देश्यले रविजीलाई रातारात पक्राउ गरिएको छ।”

पक्राउअघि सभापति लामिछानेले आफू उपस्थित नहुने भए पनि जनयात्रा अभियान नरोकिने निर्देशन पार्टी नेताहरुलाई दिएका थिए।

‘जनताको कुरा जनतासँगै गएर सुन्ने’ उद्देश्यका साथ रास्वपाले जनयात्रा अभियान सुरु गरेको हो। पार्टीले विभिन्न जिल्लामा जनसंवाद गर्दै जनताका मुद्दा सुन्ने बताएको छ।

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री

0

काठमाडौं: प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यको ढोका खुलेको बताए

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न थाइल्याण्डको औपचारिक भ्रमणले नेपालमा लगानी र बहुक्षेत्रीय सहकार्यका सम्भावनाहरूको ढोका खोलेको बताएका छन्।

शनिबार गोकर्णमा बाह्रखरी अनलाइनद्वारा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’मा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यवसायिक समुदायबीच अनुभव आदान–प्रदान र विभिन्न समझदारी सम्झौताहरू हुनु अत्यन्तै फलदायी भएको बताए।

बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत हाराहारीको युवा जनसंख्या रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको प्रभावकारी प्रयोगबाट दक्ष जनशक्ति तयार गर्न र विकासको गति तीव्र पार्नुपर्नेमा जोड दिए।

“देशमा काम गर्न नदिने वा अवरोध सिर्जना गर्ने मानसिकता भयो भने विकास रोकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “तीव्र कामको लागि सबैमा देशभक्तिको भावना हुनु जरुरी छ। राम्रा कानुन बनाएर तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले जनताको सरकारसँग भेट हुनेबित्तिकै विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै सुशासन र सेवा प्रवाह सुधारतर्फ सरकार केन्द्रित रहेको बताए।

उनले आफूले अघि सारेको ‘डिजिटल नेपाल’ फ्रेमवर्क कार्यान्वयन भइरहेको स्मरण गराउँदै सूचना प्रविधिको माध्यमबाट रोजगारी सिर्जना र आर्थिक लाभ लिन सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै संसदबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने आधार तयार गरेको बताए। उनले सूचना प्रविधिको व्यापक प्रयोगमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।

रविलाई पहिलो उडानबाटै भैरहवा लगिदै, सोमबार मात्रै कारागार पठाइने

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको पहिलो उडानमार्फत भैरहवा लगिदैछ।

शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिएको थियो। अहिले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको छ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार लामिछानेलाई भैरहवा ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिनेछ। अदालत खुलेपछि उनलाई जिल्ला कारागार, भैरहवा पठाइनेछ।

आज र भोलि सार्वजनिक बिदा परेकाले सोमबारसम्म लामिछाने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनेछन्।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सो आदेश दिएको हो।

मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन, सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा

0

धनुषा: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद खोलाको शनिबार अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन भइरहेको पाइएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भएका सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा लिइएको छ।

मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्छ, जसका कारण उत्खनन गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आवश्यक पर्छ। यस्तो प्रतिवेदन प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुनुपर्ने कानुनी व्यवस्था छ। तर, स्वीकृति नलिई उत्खनन कार्य अघि बढाइएको पाइएको हो।

“वन मन्त्रालयको स्वीकृतिपछि मात्र सम्बन्धित डिभिजन वन कार्यालयले अनुमति दिन सक्छ र त्यसपछि मात्र स्थानीय तहले ठेक्का प्रक्रिया अघि बढाउन सक्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो, “मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेजस्तो देखिएको छ, जुन पूर्ण रूपमा कानुनी प्रक्रियाविपरीत हो।”

अनुमति विना ठेक्का दिएर उत्खनन कार्य सुरु गरिएको पुष्टि भएपछि सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले वातावरणीय संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई सरकारको प्राथमिकतामा रहेको दोहोर्याउँदै अवैध उत्खननमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो।

शान्तिपूर्ण मत राख्न र प्रदर्शन गर्न पाउने अधिकारको सम्मान हुनुपपर्छ : नेता राणा

0

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शम्शेर जबराले बहुदलीय प्रजातन्त्र र मानव अधिकारका आधारशिला शान्तिपूर्ण अभिव्यक्ति र प्रदर्शनको अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई सुझाव दिनुभएको छ।

नववर्ष २०८२ को पूर्वसन्ध्यामा पत्रकारहरूसँगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मानव अधिकार र प्रजातान्त्रिक मूल्य–मान्यता विपरीतका कार्यले देशलाई अन्योलतर्फ डोहोर्याउने खतरा रहेको भन्दै सरकारलाई सचेत रहन आग्रह गर्नुभयो।

चैत १५ गते तिनकुनेमा आयोजित, संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्र, र भ्रष्टाचार अन्त्यको मागसहितको प्रदर्शनप्रति राप्रपाको समर्थन रहेको बताउँदै सांसद जबराले त्यस क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शम्शेर राणा लगायतको निःशर्त रिहाइको माग गर्नुभयो।

घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दै उहाँले भन्नुभयो, “मैले पढेको र बुझेको बहुदलीय व्यवस्था उदार प्रणाली हो, जहाँ फरक मत राख्न पाइन्छ र अल्पमतको कदर गरिन्छ।”

पूर्वमन्त्रीसमेत रहनुभएका जबराले राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मार्गदर्शक सिद्धान्त मानेर राप्रपा गठन भएको उल्लेख गर्दै, पार्टी स्थापना कालदेखि नै यिनै मूल्य–मान्यता भित्र रही राजनीतिक अभ्यास गर्दै आएको स्पष्ट पार्नुभयो।

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

0

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका दुईवटा भ्रष्टाचार मुद्दामा सुनाइएको फैसलाप्रति असहमति जनाउँदै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक तथा स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक चन्द्रदेव मेहताविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा करिब दुई करोड ८९ लाख ६६ हजार रुपैयाँ बिगो माग गरिएको थियो। विशेष अदालतले उक्त मुद्दामा गत असार ३१ गते फैसला सुनाएको थियो।

त्यस्तै, आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजयप्रकाशविरुद्ध सामुदायिक भवनको टायल्स फ्लोरिङ कार्यमा फिल्डमा नभएको कार्य देखाई भुक्तानी गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सो मुद्दामा आयोगले करिब १२ लाख ५२ हजार रुपैयाँ बिगो माग गरेको थियो। यसमा पनि विशेष अदालतले असार ३१ गते नै फैसला सुनाएको थियो।

दुवै फैसलालाई कानुनसम्मत नभएको ठहर गर्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।