Friday, June 26, 2026
Homeअर्थ र ब्यापारव्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

काठमाडौँ: प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी प्रवर्धन (संशोधन) विधेयक, २०८१’ पेस गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त विधेयक पेस गर्नुभयो।

बैठकमा अर्थमन्त्री पौडेलले विरोध जनाएका सांसदहरूको जिज्ञासाको जवाफ दिँदै भने, “यो विधेयकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न र लगानीको वृद्धि हेतु अनुकूल वातावरण सिर्जना गर्ने लक्ष्य राख्दछ।”

बैठकले उक्त विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, शेर बहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्र बहादुर केसी र हित बहादुर तामाङद्वारा गरिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका