Friday, June 26, 2026
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५१ रुपैयाँ ३४ पैसामा बिक्री

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५१ रुपैयाँ ३४ पैसामा बिक्री

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा तथा बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका