Saturday, September 19, 2026
Homeराजनीतिरास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)

रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न दोस्रो चरणको पदाधिकारी निर्वाचनमा उनले डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिको जिम्मेवारी जितेकी हुन्।

पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै आचार्य विजयी भएका हुन्।

त्यसैगरी, सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला) मा निशा डाँगी विजयी भएकी छन्।

यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने तथा खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए। पार्टीको पहिलो चरणको निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चयन भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका