फिल्म ‘कठपुतली’को प्रिमियर । कमलपोखरीस्थित बिग मुभिजमा बुधबार आयोजित प्रिमियरमा फिल्मकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा उपस्थित अधिकांशले फिल्म हेरेपछि कलाकारको प्रशंसा गर्दा केहीले निर्माण पनि राम्रो भएको प्रतिक्रिया दिए ।
अभिनेत्री तथा निर्मात्री निशा अधिकारी, निर्देशक कलाकार दिनेश डिसी, नेता रविन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, टिकाराम यात्री, गायकद्वय सत्यस्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, अभिनेत्री बेनिशा हमाल लगायतको उपस्थिति रहेको कार्यक्रममा धेरैले कलाकारको कामको प्रशंसा गरेका थिए ।


