Sunday, May 3, 2026
Homeमनोरन्जननेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने

नेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने

हालै मात्र हास्य कलाकार तथा होस्ट कपिल शर्माले डिजिटल प्लेटफर्ममा आफ्नो शुरुवात गरेका थिए । झण्डै एक घण्टाको स्ट्याण्डअप कमेडी शो ‘कपिल शर्मा आइ एम नट डन येट’ मा हास्य कलाकारले आफ्नो जीवनका यस्ता धेरै कथाहरु सेयर गरेका छन् । यो कुरा सुनेपछि उनले आफ्ना फ्यानहरुबाट निकै प्रशंसा कमाएका थिए।  अब फ्यानहरुले कपिलको शोको सिजन २ ले छिट्टै नै हेर्न पाउने भएका छन् । यो कुरा नेटफ्लिक्सकी सिरिज प्रमुख तान्या बामी आफैले पुष्टि गरेकी हुन् ।

हालै दैनिक भास्करसँगको कुराकानीमा तान्याले भनिन्, ‘कपिल शर्माको शोले जसरी प्रतिक्रिया पायो, त्यो साँच्चिकै हाम्रा लागि निकै सकारात्मक थियो । म र हाम्रो टिमलाई विश्वास छ, उद्योगमा केही कलाकारहरु छन् जो भगवानको उपहार हुन्, तीमध्ये एक हुन् कपिल शर्मा । दर्शकमाझ उहाँको आकर्षण उल्लेखनीय छ। दर्शकसामु आफ्नो जीवनको सत्यता बताएका कारण मानिसहरूलाई आकर्षित गर्न सफल हुननुभयो । मानिसहरूले उहाँको कार्यक्रमबाट निकै आनन्द उठाए । यी कारणले गर्दा नै हामी उहाँलाई पर्दामा फर्काउन चाहन्छौँ ।’

उनले थपिन्, ‘कपिलका लागि पनि यो एउटा नयाँ अनुभव थियो । आफूलाई जिस्क्याउनु उनको लागि नौलो कुरा थिएन । तर, आफ्नो जीवनको सत्यलाई दर्शकमाझ लैजान सजिलो थिएन । उनले यस कार्यक्रमको लागि निकै मेहनत गरे। अर्को सिजनको लागि कुराकानी जारी छ र चाँडै नै हामी कपिलसँग यस शोसँग सम्बन्धित थप घोषणा गर्नेछौँ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका