Sunday, May 3, 2026
Homeमनोरन्जनझरना भन्छिन्- ‘ए मेरो हजुर ५’ अघि ‘भागवत गीता’ बन्छ

झरना भन्छिन्- ‘ए मेरो हजुर ५’ अघि ‘भागवत गीता’ बन्छ

अभिनेत्री झरना थापा चलचित्र ‘ए मेरो हजुर २’बाट निर्देशक बनिन् । यसपछि उनले ‘ए मेरो हजुर ३’ पनि निर्देशन गरिन् । झरना हिट चलचित्रको चौथो सिरिजका साथ दर्शकमाझ आउने तयारीमा छन् । तर ‘ए मेरो हजुर ४’ रिलिजमा नआउँदै झरनालाई ‘ए मेरो हजुर ५’ कहिले बन्छ भन्ने प्रश्न आउन थालिसकेको छ ।

तर झराले अब ‘ए मेरो हजुर’को सिरिजमा केही समय ब्रेक लाग्ने संकेत गरेकी छन् । उनले सञ्चारकर्मीहरुसँग भनिन्, ‘पक्कै पनि ए मेरो हजुर ५ बन्छ । तर त्यो भन्दा अगाडि भागवत गीता बन्छ ।’ झरनाका अनुसार ‘भागवत गीता’ पनि प्रेम कथामा नै आधारित हुनेछ ।

‘ए मेरो हजुर’को आउँदो सिरिज अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाविना कल्पना गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘पक्कै पनि सक्छु ।’

‘ए मेरो हजुर’को हरेक सिरिज उस्तै लागेको भन्दै नयाँपन अब प्रस्तुत नगर्ने भन्ने प्रश्नमा निर्माता सुनिलकुमार थापाले भने, ‘हो, हामीले एउटै कुरा देखाइरहेका छौं । हामीले निरन्तर नेपाली चलचित्र नखिचिएका दृश्यमा हाम्रो चलचित्र खिचेका छौं । नेपालमा पहाड, हिमाल, खोला नै आकर्षक छन् । ती दृश्यहरु देखाउँदा उस्तै लागेको हुनसक्छ । तर यसले पर्यटकीय गतिविधिमा ठूलो टेवा पुर्‍याएको छ ।’

चलचित्र ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका