Thursday, October 29, 2026
Homeमनोरन्जनकंगनाविरुद्ध राजद्रोहको मुद्दा लगाउन माग, राष्ट्रपतिलाई लेखियो चिट्ठी

कंगनाविरुद्ध राजद्रोहको मुद्दा लगाउन माग, राष्ट्रपतिलाई लेखियो चिट्ठी

दिल्लीको महिला आयोग (डीसीडब्ल्यू) नायिका कंगना रनोटको स्वतन्त्रताको विषयमा दिएको बयानको विरुद्धमा उत्रिएको छ । आयोगकी अध्यक्ष स्वाति मालीवालले कंगनालाई दिइएको पद्मश्री पुरस्कार फिर्ता लिने र राजद्रोहको मुद्दा दर्ता गर्न मागको विषयमा राष्ट्रपति रामनाथ कोविन्दलाई चिट्ठी लेखेकी छिन् । कंगनाले केही दिन अघि एक टिभी च्यानलमा देशको स्वतन्त्रतामाथि विवादास्पद बयान दिएकी थिइन् । उनले आफ्नो बयानमा भारतले वास्तविक स्वतन्त्रता २०१४ मा पाएको र सन् १९४७ मा देशले स्वतन्त्रता नभई भिख पाएको बताएकी थिइन् ।

सत्ताको गुलामी देशको वास्तविक स्वतन्त्रता जस्तो लागिरहेछः

मालीवालले आफ्नो चिट्ठीमा लेखेकी छिन्, ‘नायिकाले आफ्नो बयानबाट देशको स्वतन्त्रता सेनानीको अपमान गरेको छ । उनको यो बयानबाट थाहा हुन्छ कि उनीभित्र भगत सिंह, महात्मा गान्धीजस्ता हाम्रा अनेक स्वतन्त्रता संग्राम सेनानीप्रति कति घृष्णा भरिएको छ । जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिए ।’

‘हामी सबैलाई थाहा छ कि हाम्रो स्वतन्त्रता संग्राम सेनानीको बलिदानका कारण नै हामीले बेलायतबाट स्वतन्त्रता पाएका छौं । कंगनालाई ‘सत्ताको गुलामी’ देशका वास्तविक स्वतन्त्रता लागिरहेको जस्तो मलाई लाग्छ ।’

राजद्रोहको मुद्दा दर्ता होस्ः

मालीवालले राष्ट्रपतिसँग यो पूरा मामिलामाथि ध्यान आकर्षण गर्न र कंगनाबाट पद्मश्री पुरस्कार फिर्ता लिन आग्रह गरेका छन् । आयोगकी अध्यक्षले कंगनाको बयानले भारतीयका भावना आहत भएको र उनको बयान राजद्रोहको श्रेणीमा आउने बताइन् । आफ्नो चिट्ठीमा उनले कंगनाविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न माग गरेकी छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका