Sunday, May 3, 2026
Homeमनोरन्जनओस्कार : विल स्मिथ बने उत्कृष्ट अभिनेता, कोडा उत्कृष्ट चलचित्र

ओस्कार : विल स्मिथ बने उत्कृष्ट अभिनेता, कोडा उत्कृष्ट चलचित्र

विल स्मिथले ओस्करमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । ‘किङ रिचर्ड’ चलचित्रका लागि उनले सो पुरस्कार हात पारेका हुन् । चलचित्रमा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन् ।

पुरस्कार ग्रहण गर्दा निकै भावुक बनेका स्मिथले यसअघि स्टेजमा क्रिस रकलाई अनुहारमा हिर्काएकोमा माफीसमेत मागेका थिए । यता, जेसिका चास्टियनले ‘द आइज अफ ट्यामी फेय’ का लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।

त्यस्तै, ‘कोडा’ले ‘द पावर अफ द डग’ लाई पछि पार्दै उत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल रह्यो । बेनेक्डिट कम्बरब्याच अभिनीत चलचित्र १२ वटा विधामा मनोनयनमा परेको थियो । तर एउटा मात्र पुरस्कार हात पार्न सफल रह्यो ।

यता मात्र तीनवटा विधामा मनोनयनमा परेको कोडाले सर्वोत्कृष्ट चलचित्रको पुरस्कार हात पार्‍यो । जेन क्याम्पियन उत्कृष्ट निर्देशकको पुरस्कार हात पारिन् । यो विधामा दुईपटक मनोनयनमा पर्ने उनी एक्लो महिला निर्देशक हुन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका