Saturday, May 2, 2026
Homeमनोरन्जन‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक, भदौ २७ गतेदेखि प्रदर्शन

‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक, भदौ २७ गतेदेखि प्रदर्शन

काठमाडौंः चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो भदौ २७ गते रिलिज हुन लागेको यस चलचित्रको ट्रेलरमा प्रेमको नाटक, अपहरण र फिरौती वरिपरि घुमेको कथावस्तु प्रस्तुत गरिएको छ ।

ट्रेलरमा प्रेमीको नाटक गर्ने युवकले आफ्नै प्रेमिकालाई अपहरण गरी उसकै बुबासँग फिरौती माग्ने कथावस्तु देखाइएको छ । पैसाको लागि घरबारविहीन युवकले गरेका चरम गतिविधि तथा पैसाको प्रलोभनले मानिसलाई गलत कार्यमा समेत प्रवृत्त गर्ने मनोविज्ञानलाई ट्रेलरले चित्रण गरेको छ ।

चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारको अभिनय रहेको छ ।

‘अभिमन्यु’ नेपाली संस्करण भदौ २७ गते प्रदर्शनमा आउँदैछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष प्रस्तुत गर्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालले कथा लेखेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन् ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जिवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादन र शरद महतो छायांकनका जिम्मेवार रहेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका