Thursday, April 16, 2026
Homeमनोरन्जनअनमोल केसीका ५ नयाँ फिल्म घोषणा, ‘जेरी: द लास्ट क्लाइम्ब’मा पनि अनुबन्ध

अनमोल केसीका ५ नयाँ फिल्म घोषणा, ‘जेरी: द लास्ट क्लाइम्ब’मा पनि अनुबन्ध

काठमाडौँ । नेपाली फिल्मका सुपरस्टार अनमोल केसीले आफ्ना आगामी पाँच फिल्म परियोजना सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै नयाँ फिल्महरूको घोषणा गर्नुका साथै सृष्टिप्रति कृतज्ञता व्यक्त गरेका छन्। आफू संलग्न हुने यी सबै फिल्मका कथा अर्थपूर्ण रहेको उनको भनाइ छ।

केसीका अनुसार उनका केही ठूला फिल्म परियोजनाहरू तय भइसकेका छन्। तीमध्ये ‘बाटुलो जून’, ‘ए मेरो हजुर–५’, ‘बिफोर वी मेट’ र ‘जेरी: द लास्ट क्लाइम्ब’ रहेका छन्। घोषणा गरिएका फिल्ममध्ये ‘बाटुलो जून’को छायांकन सम्पन्न भइसकेको जानकारी उनले दिएका छन्।

उत्कृष्ट निर्माण टोली र प्रतिष्ठित ब्यानरसँग सहकार्य गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनले बताएका छन्। साथै, उनले आफ्ना दर्शक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै विश्वभर रहेका दर्शकहरूको माया र समर्थन नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरेका छन्।

अभिनेता केसीले सबैलाई साथ दिन आग्रह गर्दै ‘आउनुहोस्, सँगै इतिहास रचौँ’ भन्ने सन्देशसमेत दिएका छन्।

यसैबीच, अनन्या फिल्म्सले २०८२ सालको सुपरहिट फिल्म ‘जेरी अन टप’को सिक्वेल ‘जेरी: द लास्ट क्लाइम्ब’मा अनमोल केसी अनुबन्ध भएको जानकारी गराएको छ। सरोज न्यौपानेको निर्माणमा बन्ने यस फिल्मको निर्देशन सुयोग गुरुङले गर्नेछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका