Sunday, June 7, 2026
Homeअपराध र घटनानेपालगञ्जमा २२ लाख रुपैयाँ नगद र ब्राउनसुगरसहित युवक पक्राउ

नेपालगञ्जमा २२ लाख रुपैयाँ नगद र ब्राउनसुगरसहित युवक पक्राउ

नेपालगञ्ज, २९ साउन – बाँकेको नेपालगञ्जमा प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र १५.५ ग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार पक्राउ परेका नेपालगञ्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको संयुक्त टोलीले मङ्गलबार राति लोनियाको घर खानतलासी गर्दा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ नगदसहित ब्राउनसुगर बरामद गरिएको हो।

यस्तै, उनको घरबाट सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई मोटरसाइकल र १० वटा मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ। घटनास्थलमा अवरोध सिर्जना गर्न खोजेकामध्ये चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुईजनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका