Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियबेलायतको साउथपोर्टमा चक्कु प्रहार: कम्तीमा ८ जना घाइते

बेलायतको साउथपोर्टमा चक्कु प्रहार: कम्तीमा ८ जना घाइते

काठमाडौं: बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा आठ जना घाइते भएका छन् । यस घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उत्तर-पश्चिम एम्बुलेन्स सेवाले छुरा प्रहारमा कम्तीमा आठ जना घाइते भएको र एल्डर हे अस्पतालमा उपचार भइरहेको बताएको छ।

यद्यपी घाइतेहरुको बारेमा भने केही खुल्न सकेको छैन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले घटनाको निन्दा गर्दै अस्पतालमा घाइतेहरुसँग भेटघाट गरेका छन् ।

स्टारमरले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, “म पीडितहरूसँग छु। प्रहरी र आपतकालीन सेवाहरूलाई धन्यवाद। मैले सम्पूर्ण अवस्थाको निगरानी गरिरहेको छु।”

साउथपोर्ट सांसदले भनेका छन्, “पीडितहरूलाई हरसम्भव रूपमा सहयोग भइरहेको छ। हामी पीडित परिवारको साथमा छौं।”

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका