Tuesday, September 15, 2026
Homeसामाचारकाठमाडौंमा २४ घण्टामा १,१५१ सवारी कारबाहीमा, सबैभन्दा बढी ट्राफिक नियम उल्लंघनका घटना

काठमाडौंमा २४ घण्टामा १,१५१ सवारी कारबाहीमा, सबैभन्दा बढी ट्राफिक नियम उल्लंघनका घटना

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ सवारी साधन तथा चालकलाई कारबाही गरेको जनाएको छ।

कार्यालयका अनुसार साउन ९ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा बढी ७३७ जना विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघनका कसुरमा कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८७ जना तथा लेन अनुशासन उल्लंघन गर्ने ८७ जनामाथि पनि कारबाही गरिएको छ।

यसैगरी, एकतर्फी (वन–वे) नियम उल्लंघन गर्ने ३४ जना, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने ३२ जना, अनावश्यक रूपमा हर्न प्रयोग गर्ने ३३ जना, प्राविधिक अवस्था मापदण्डअनुसार नभएका २१ वटा सवारी तथा यान्त्रिक खराबी भएका ७ वटा सवारी साधनमाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित निगरानी र ट्राफिक नियम उल्लंघनविरुद्ध कारबाही अभियान निरन्तर सञ्चालन भइरहेको जनाएको छ। साथै, सबै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका