Sunday, May 3, 2026
Homeमनोरन्जनविवाह बन्धनमा बाँधिए आलिया र रणवीर

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो ।

हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा तस्बिर मार्फत उपस्थिती जनाइएको हो ।

आलिया र रणवीरको विवाह ४ पण्डितले गराएका थिए । उनहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण जौहरले गरेका थिए । ७ फेरो अगाडि गायत्री मन्त्र समेत सुनाइएको थियो । विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करीना कपुर खान, सैफ अलि खान, करिस्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर, लगायत थुप्रै सेलिब्रेटीको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका