साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ ।
हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् । तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै छन् । दुवै जना बलिउड चलचित्रमा अभिनय गरिरहेका छन् ।


