Sunday, May 3, 2026
Homeमनोरन्जनविवाहको विषयमा यम बरालले भने, ‘छोराको खुशी यसमै देखेँ’

विवाहको विषयमा यम बरालले भने, ‘छोराको खुशी यसमै देखेँ’

लोकप्रिय गायक यम बरालले आफ्नो दोस्रो विवाह छोराको कारणले गोप्य राखेको बताएका छन् । अहिले सामाजिक संजालमा सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी धेरै हुने गरेको छ । मैले विवाह सार्वजनिक गर्दा पनि विभिन्न टिकाटिप्पणी हुनसक्थ्यो बरालले भने, ‘मेरो छोरो भर्खरकै छ । उसले ती सबैकुरा बुझ्दैन । उसको जीवनमा नकारात्मक प्रभाव नपरोस् भन्ने मेरो चाहाना हो ।

आफ्नो व्यक्तिगत इच्छाले भन्दा पनि छोराको कारणले विवाह गरेको उनको भनाइ थियो । उनले गत मंसिरमै गीता सिवाकोटीसँग दोस्रो विवाह गरेको भएपनि बुधबार मिडिया मार्फत यो विषय सार्वजनिक भएको थियो ।

विवाह सार्वजनिक भएपछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनी मिडियामा आएका हुन् ।

मैले विवाह लुकाउन खोजेकै होइन । विवाह पारिवारिक सहमतिमा भएको हो । त्यो लुकाउनुपर्ने कारण केही थिएन, बरालले रातोपाटीसँग भने, ‘छोरालाई असर पर्छ भन्ने एक कारण त थियो नै,अर्काे कारण परिवारले रमझममा नलाग्न सुझाएका पनि थिए । विवाह सार्वजनिक भएसँगै यसबारे आउने प्रतिक्रिया आफूले ग्रहण गर्ने बताएका बरालले छोराकै कारणले आफूले विवाह गर्नु परेको खुलाए ।

गीताजीसँग एक दिदीमार्फत भेट भएर सामान्य चिनजान मात्र थियो । चिनजान भएको समय छोरापनि सँगै थियो । त्यसपछि छोरा र गीताजीको भेटघाट बाक्लिदै गएछ । उहाँसँग एकछिन पनि छुटिन नसक्ने सामिप्यता भैसकेको रहेछ । त्यो त मलाई थाहा नै थिएन, बरालले अगाडि थपे, ‘मैले आमा र बुबानै म भन्ठान्थेँ । उसले त आमाको माया उहाँबाट अपेक्षा गर्न थालिसकेको रहेछ । करिव दश बर्ष एक्लै जीवन बिताएर विवाह नगर्ने सोचका साथ बसेको आफूले छोराको कारणले विवाह गरेको दोहोर्याए ।

कुनै पनि बुबाआमाले आफ्नो बच्चाको खुशी हेर्छ । मैले पनि गीतासँग छोराको खुशी देखेँ बरालले थपे यो विवाहपछिको प्रतिक्रियाले मैले धेरै किसिमको तनाव पनि भोगेको छु ।

बरालले करिब एक बर्ष अगाडि अमेरिकाबाट फर्किएका हुन् । उनले विवाह अगाडि काठमाडौंका नयाँ घर पनि किनेका थिए । अमेरिकाबाट आउनु,घर किन्नु र विवाह गर्नु बरालको पहिलेकै योजना रहेको समेत कतिपयले बताएका छन् । तर बराल भने यसमा सत्यता नरहेको बताए ।

भने, ‘काठमाडौंमा घर किन्ने समय विवाहको कुरो केही थिएन । यो संयोग हो । आफ्नो विवाहले अहिले छोराले आमा पाएको उनको प्रतिक्रिया छ ।

बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्धविच्छेद गरेका थिए । राणा र बरालको एक छोरा रहेका छन् । जो बरालसँग बस्दै आएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका