Sunday, May 3, 2026
Homeमनोरन्जन‘गाउँ आएको बाटो’को लागि भोजपुरमा दयाहाङ

‘गाउँ आएको बाटो’को लागि भोजपुरमा दयाहाङ

अभिनेता राई यतिबेला भोजपुर पुगेका छन् । फिल्म ‘गाउँ आएको बाटो’ छायाङ्कनका लागि उनी त्यहाँ पुगेका हुन् ।  केही दिनदेखि भोजपुरका विभिन्न स्थानमा भइरहेको फिल्ममा दयाहाङले गाउँले पुरुषको भूमिका निर्वाह गरिरहेका छन् ।

फिल्मको छायाङ्कन सेटबाट निर्माण युनिटले केही तस्बिर समेत सार्वजनिक गरेको छ । दयाहाङको गेटअप गाउँले पुरुषको देख्न सकिन्छ । तस्बिरमा उनको साथमा अभिनेत्री पशुपति राई तथा एक बाल कलाकार पनि देखिएका छन् । नवीन सुब्बाले निर्देशन गरिरहेको यो फिल्ममा दयाहाङ र पशुपतिको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।

मार्किन कापरोन छायांकार रहेको फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन छ । फिल्मको निर्मातामा अमोद राई रहेका छन् भने कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । ​दयाहाङले केही अगाडि मात्र फिल्म ‘कबड्डी ४’ को छायाङ्कन सकाएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका