Sunday, April 26, 2026
Homeशिक्षासिटिइभीटीलाई मन्त्री महावीर पुनको चार बुँदे निर्देशन

सिटिइभीटीलाई मन्त्री महावीर पुनको चार बुँदे निर्देशन

काठमाडौँ, १० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)का अध्यक्ष महावीर पुनले परिषद्लाई तत्काल कार्यान्वयन गर्नुपर्नेगरी चार बुँदे निर्देशन दिनुभएको छ ।

मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्ने खाका असोज मसान्तभित्र तयार गरी पेश गर्न निर्देशन दिनुभयो ।

यस्तै, एकीकृत शैक्षिक क्यालेन्डर तयार पार्ने र परीक्षाको नतिजा अनिवार्य रूपमा तीन महिनाभित्र प्रकाशित गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

परिषद्को कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने, अभिलेखीकरण गर्ने र तत्काल सम्बोधन गर्ने छुट्टै शाखा स्थापना गरी सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभयो ।

त्यसैगरी, २०६९ सालदेखि हालसम्म प्राप्त सम्बन्धनका सबै आवेदन छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न र सम्बन्धन दिने वा नदिनेबारे तत्काल निर्णय गर्नुपर्ने आदेश दिनुभएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका