Thursday, September 17, 2026
Homeशिक्षा १३५ विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

 १३५ विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष १३५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

गाउँपालिकाले विगत चार वर्षदेखि कक्षा ११, १२ तथा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा छात्रवृत्तिका लागि १९ लाख ६१ हजार ४०० रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

अध्यक्ष लिम्बूले छात्रवृत्ति कार्यक्रमले आर्थिक तथा अन्य कारणले पढाइ रोकिएका विद्यार्थीलाई पुनः अध्ययनमा फर्किन प्रेरणा दिएको बताउँदै यसले उच्च शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका