Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियविखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गरेको अमेरिकी दाबी

विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गरेको अमेरिकी दाबी

युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झुटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।  रसियाले बिस्फोटको  ग्राफिक तस्विरहरु बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झुटो विकल्पबारे सोचिरहेको उनीहरुको दाबी छ ।

तर, रसियाले अमेरिकी अधिकारीहरुको दाबीमा कुनै सत्यता नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरे जस्तो कुनै त्यस्तो झुट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन,’ उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो, तर केही भएन ।’

युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको उनीहरुले अनुमान गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका