Tuesday, May 26, 2026
Homeसूचना प्रविधिरिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटक हजारौँ फोनमा एउटै सूचना दिन सकिने

रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटक हजारौँ फोनमा एउटै सूचना दिन सकिने

सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा आधारित नयाँ  सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए ।

सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हो । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिष्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसएमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उम्मेदवारले प्रतिनिधिहरूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेसनमा अपलोड गरिन्छ । कुनै निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन्’ रेग्मीले भने, ‘यदि तत्काल फोन उठेन भने पनि सो नम्बरहरूमा पुनः सिस्टमले कल गर्छ । सोको प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ’ उनले भने ।

कम्पनी स्थापनाको एक वर्ष करिब ५०० सेवाग्राहीहरूलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरिसकिएको रेग्मीले बताए । सबै किसिमका परीक्षणमा यो सेवा प्रभावकारी देखिए पछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रूपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको उनको भनाइ छ ।

यस्तो सुविधाका लागि हाल टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने समेत रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका