काठमाडौं: विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ।अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए भने लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए।
यस खेलमा मेसीले २ गोल असिस्ट गर्दै राष्ट्रिय टिमका लागि अहिलेसम्म ५७ गोल असिस्ट गरेका छन्। त्यस्तै मेस्सीले यस खेलमा तीन गोल गरेसँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ। त्यस्तै उनको करियर गोल संख्या ८४६ पुगेको छ।
यो जितपछि अर्जेन्टिना विश्वकप छनौटमा १० खेलमा २२ अंकसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै बोलिभियाको १० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ।


