Thursday, September 24, 2026
Homeखेलकुदश्रीलंकालाई हराउँदै नेपाल महिला कबड्डीको सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै नेपाल महिला कबड्डीको सेमिफाइनलमा

काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२४ अंकले पराजित गरेको हो। यसअघि प्राप्त विवरणमा ३४–२५ उल्लेख भए पनि पछिल्लो रिपोर्टअनुसार नेपालको जितको अन्तर ३४–२४ रहेको छ।

श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ। कबड्डीमा सेमिफाइनल पुग्ने दुवै पराजित टोलीले कांस्य पदक पाउने भएकाले नेपालले पदक सुनिश्चित गरेको हो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।

नेपालले अब शुक्रबार सेमिफाइनल खेल्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका