Tuesday, April 21, 2026
Homeअपराध र घटनामकवानपुरमा १० किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुरमा १० किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा गाँजा बरामद भएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगरकै अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका