Monday, July 20, 2026
Homeअपराध र घटनाटेकुमा लागुऔषध कारोबारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते

टेकुमा लागुऔषध कारोबारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते

काठमाडौं । राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक लागुऔषध नियन्त्रणका क्रममा नेपाल प्रहरी र लागुऔषध कारोबारीबीच झडप भएको छ। घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा परिचालित टोलीमाथि शंकास्पद व्यक्तिहरूले आक्रमणको प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको छ। घटनामा संलग्न रहेको आशंकामा घाइतेसहित दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका