Tuesday, September 15, 2026
Homeसामाचारबैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए।

प्रहरीका अनुसार सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यसअघि पनि अग्रवाल २०८२ साल चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। त्यसपछि उनी कानुनी प्रक्रिया पूरा गरी रिहा भएका थिए।

प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका